Comments Add Comment

सेलपेको ब्रान्ड एम्बेसडरमा मह जोडी

१२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्रान्ड एम्बेसडरमा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् ।

सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलाईर् विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा सुरु गर्ने सेलकम प्राईभेट लिमिटेडले आˆनो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो ।

भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्यान्डर्ड सेवासहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए ।

सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटूपी,पीटूबी, पीटूजी, बीटूपी, बीटूबी, बीटूजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” को सुरुवात गर्न लागेको हो ।

यी आधारभूत सेवा प्रदान गर्नकै लागि सेलपे किन अनलाइन पेमेन्ट गेटवेको यस्तो प्रतिस्पर्धी बजारमा छिर्यो भन्ने उत्सुकताको जवाफमा प्रबन्ध निर्देशक पवन प्रधानले नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । ‘सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउन नपर्ने हो’ उनले भने ।

यस्ता छन् विशेषता

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ ।

जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो, निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तैमा आफ्नो बैंक खातामा प्राप्त गर्नु हुनेछ र अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्नु गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment