Comments Add Comment

बौद्ध दर्शनः किन र कसरी बुझ्ने ? 

बौद्ध धर्म यस्तो नियमको संग्रह हो, जसमा हामी यर्थाथको सही स्वरुप पहिरचान गरेर आफ्नो पुरा मानविय क्षमता विकास गर्न सक्छौ ।

२५ सय बर्षअघि सिद्धार्थ गौतमको जन्म भयो, जो बुद्धको नामले विख्यात भए । बुद्धले आफ्नो अधिकांश जीवन ज्ञानोदय प्राप्तिको ति विधीमा लगाए, जसलाई उनी स्वयम् अनुभूत गर्थे । उनी चाहन्थे कि, अरु व्यक्ति पनि ज्ञानोदय बुद्ध बन्न सकोस् ।

बुद्धले यो महसुष गरे कि, सबै व्यक्तिमा बुद्ध बन्ने योग्यता समान रुपले विद्यमान हुन्छ । तर, उनीहरुको रुची, रोजाई र प्रतिभामा भने व्यापक अन्तर हुन्छ । यही कुरालाई ध्यानमा राखेर उनले अनेक प्रकारको विधीको शिक्षा दिए, जसको मद्दतले व्यक्ति आफ्नो सीमाबाट माथि उठ्न सकोस् र आफ्नो पुरा सामथ्र्य विकास गर्न सकोस् ।

आधारभूत बौद्ध शिक्षाः चार आर्य सत्य

बुद्धको सबैभन्दा महत्वपूर्ण शिक्षालाई चार आर्य सत्यको रुपमा जानिन्छ, जो चार यस्तो तथ्य छ जसलाई सिद्धजन सत्यको रुपमा स्विकार गर्छन् ।

पहिलो आर्य सत्यः यथार्थ दुःख

जीवनमा अनेक प्रकारका खुसी छन् । तर, सानो किरा फट्यांग्रा, प्राणी, मानिसदेखि ठूला-ठूला धनपतिहरुले पनि जीवनका दुःखको सामना गर्नुपर्छ ।

जन्म र मृत्युको बीचमा मानिस बुढा, रोगी र पि्रयजनको मृत्यु जस्ता दुःखको अनुभवबाट गुज्रन्छन् । जुन कुरा हामी चाहन्छौ, त्यो मिल्दैन । जुन कुरा हामीलाई आइलाग्छ, त्यो हामीले चाहेका हुँदैन । यही कुराले हामीमा कुण्ठा र निरासा छाउने गर्छ ।

दोस्रो आर्य सत्यः दुःखको यथार्थ कारण

हाम्रो समस्या जटिल कारण र स्थितीले उत्पन्न हुन्छ । तर, बुद्धले के स्पष्ट पारेका छन् भने यर्थाथको बोधको अभाव नै हाम्रो दुःखको असली कारण हुन् ।

जुन कुरा जीवनमा संभव हुँदैन, हामी त्यसैको कल्पना गर्छौ । जुन कुरा पुरा हुँदैन, त्यसैमा हामी आशक्ति राख्छौ । यही नै दुःखको मूल हो ।

तेस्रो आर्य सत्यः दुःखको यथार्थ रोधन

दुःखको मूल कारण फेला परेपछि, हाम्रो अज्ञाता बोध भइसकेपछि त्यसलाई नष्ट गरेर हामी सबै किसिमको दुःखबाट मुक्ति पाउन सक्छौ । र, फेरी त्यस्ता दुःख हाम्रो जीवनमा आइलाग्ने छैन ।

चौथो आर्य सत्यः चित्तको यथार्थ मार्ग

जब हामी वास्तविकताको सही बोध हासिल गरेर अज्ञानतालाई हटाउँछौ, समस्या आफै समाधान हुन्छ ।

यसका लागि हामीमा यो बोध हुन जरुरी छ कि, आवश्यक्ता भएर नै सबै जीव आपसमा एकाकार छन् । एकअर्कामा निर्भर छन् । यो बोध भएमा हामीले सबै जीवमा समान रुपमा प्रेम र करुणा भाव विकास गर्न सक्छौ ।

जब हामी एकअर्काको अस्तित्वबारे भ्रम हटाउँछौ, तब हामी आफ्नो र अर्काको भलाईको लागि काम गर्न थाल्छौ ।

बौद्ध विज्ञान

बौद्ध चिन्तन आस्थाभन्दा बढी अन्वेषणमा विश्वास गर्छ, यसैले वैज्ञानिक निष्कर्ष बौद्ध चिन्तको लागि एकदम उपयोगी छ ।

भौतिक स्तरमा बौद्ध विज्ञानमा अनेक प्रकारको रोगको उपचार सम्बन्धी उन्नत चिकित्सा पद्धती पनि सामेल छ । बाहिरी रुपमा यसलाई पदार्थ र उर्जाको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ । यसमा वर्तमान ब्रम्हाण्डभन्दा अघिको ब्रम्हान्डको शृंखलाको दावी गर्दै ब्रम्हान्डको उत्पत्ति, त्यसको जीवनकाल र अन्त्यको बारेमा चर्चा गरिएको छ ।

बौद्ध दर्शन

बौद्ध दर्शनमा परस्पर निर्भरता, सापेक्षता र कारण-कार्य सम्बन्ध जस्ता विषयका बारेमा चार्चा गरिएको छ । यसमा समुच्च शिद्धान्त र तर्क-वितर्कमा आधारित तर्कशास्त्रको एक विस्तृत व्यवस्था छ, जसले हाम्रो आफ्नो चित्तको दोषपूर्ण कल्पना बुझ्न सहयोग गर्छ ।

बौद्ध नीतिशास्त्र स्वयम् आफ्नो लागि र अर्काका लागि हितकर र हानिकारक कुराबीच भेद गर्ने योग्यतामा आधारित छ ।

बौद्ध धर्म

बौद्ध धर्ममा कर्म, विगत र भविष्यको जन्म, पुर्नजन्मको प्रक्रिया, पुनर्जन्मबाट मुक्ति र ज्ञानोदयको प्राप्ति जस्तो विषयमा चर्चा गरिएको छ । यसमा जप, ध्यान, साधना र प्रार्थना जस्तो अभ्यास सामेल छ । बौद्ध धर्मको प्रत्येक परम्पराको आफ्नो अलग-अलग ग्रन्थ हो, जुन बुद्धको मूल शिक्षामा आधारित छ ।

साधले कुनै पनि समयमा र कहीँ पनि पूजा गर्नका लागि स्वतन्त्र छ । प्रार्थनाको उदेश्य मनोकामनाको पूर्ति गर्नु हो, आफ्नो आत्मबल, विवेक र करुणाको जागृत गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment