+
+
Shares

महिन्द्राको विद्युतीय एसयूभी बीई-६ र एक्सईभी-९ ई पोखरामा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अग्नि इन्कर्पोरेटेडले पोखरास्थित वितरक बीबी इन्कर्पोरेटेडसँग सहकार्यमा महिन्द्राको अत्याधुनिक इलेक्ट्रिक एसयूभी बीई ६ र एक्सईभी ९ ई सार्वजनिक गरेको छ।
  • यी गाडीहरू पोखराको मणिपाल, सेलवे डिपार्टमेन्ट स्टोर, लेकसाइड र गण्डकी मेडिकल कलेजमा चैत ३ देखि ५ गतेसम्म प्रदर्शन गरिएको थियो।
  • चैत ६ गते पोखरा इभेन्ट सेन्टरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा र अन्य अधिकारीहरूको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

चैत ६, पोखरा । महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले पोखरास्थित वितरक बीबी इन्कर्पोरेटेडसँगको सहकार्यमा अत्याधुनिक इलेक्ट्रिक एसयूभी बीई ६ र एक्सईभी ९ ई सार्वजनिक गरेको छ ।

यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्मममा आधारित रहेको कम्पनीले जनाएको छ । यी गाडी यसअघि पोखराको मणिपाल, सेलवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेजमा चैत ३ देखि ५ गतेसम्म प्रदर्शन गरिएको थियो । लगत्तै शुक्रबार (चैत ६ गते) पोखरा इभेन्ट सेन्टरमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भुटान र बंगलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकार, अग्नि ग्रुपका एसयूभी प्रोडक्ट हेड रामेश्वर महर्जन, अग्नि ग्रुपका बीईभी प्रोडक्ट हेड सुरज राजवंशी, बीबी इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक शान्तराज बतास, बीबी इन्कर्पोरेटेडका निर्देशक सुलभ बतास, स्थानीय ग्राहक तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?