+
+
Shares

सशस्त्र प्रहरीद्वारा ५ करोड ५१ लाखको समान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते १३:३७

१३ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याएको ५ करोड ५१ लाख रुपैयाँ मूल्यका सामान बरामद गरेको छ । भन्सार छली भारतबाट नेपाल र नेपालबाट भारततर्फ चोरी पैठारी गरेको समान बरामद गरेको हो ।

बरामद गरिएको लत्ता कपडा, मरिच, इलेक्ट्रोनिक्स लगायतका सामाग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार गस्ती पर्साले जनाएको छ । चालु आर्थिक वर्षको साढे ११ महिनामा ५ करोड ५१ लाख ५ हजार ४ सय ४७ गुल्म प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

गत आर्थिक वर्ष ०७४/७५ मा १ करोड ३८ लाख ५४ हजार ४ सय ८० रुपैयाँ मूल्यको समान बरामद गरी भन्सार चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षासँगै आसपासका क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणको काम गर्दै आएको भन्सार सुरक्षा गुल्मले आइतबार राति तीन लाख बाइस हजार मुल्य बराबरको समान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ ईनर्वा इलाकाबाट खटिएको मोबाइल टोलीले कपडा तथा इलेक्ट्रोनिक्सका समान बरामद गरेको हो । चेकजाँचका क्रममा रक्सौलबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली पैठारी गर्दै गरेको मूल्य तीन लाख बाइस हजार दुई सय सत्तरी बराबरको लत्ता कपडा तथा इलेक्ट्रोनिक्स समान बरामद गरी सोमबार वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?