Comments Add Comment

ट्रिपरले भक्तपुरमा फेरि लियो १ जनाको ज्यान

१६ असार, काठमाडौं । ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको ज्यान गएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार, ट्रिपरको ठक्करबाट घाइते राईलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा गएराति नै ज्यान गएकाे हाे ।

दुर्घटनामा संलग्न ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरले अनुसन्धानका लागि भन्दै दुवै सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

ट्रिपरका कारण पछिल्लो समय भक्तपुरमा दुर्घटना निम्तिएको छ । ट्रिपरमाथि नियन्त्रणको प्रयास भए पनि यो क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment