Comments Add Comment

आमाको हत्या गर्न छोरीले १२ लाखमा खटाइन् ‘कन्ट्र्याक्ट किलर’ !

१६ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायण-७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

भट्टराईको आइतबार बिहान चक्कु प्रहार गरी भएको हत्या भएको थियो । हत्याको अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा थिइन् । यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए ।

‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने ।

यो पनि पढ्नुहोस भाडाका हत्याराः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन

प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर (भाडाका अपराधी) नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।

रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment