Comments Add Comment

वर्ल्डलिंकको अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न

२४ असार, काठमाडौं । इन्टरनेट एवं नेटवर्क सर्भिस प्रोभाइडर वर्ल्डलिंक कम्युनिकेसनस् लिमिटेडले आयोजना गरेको अन्तर कलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न भएको छ ।

युवा विद्यार्थीसँग रहेको सेल्स र मार्केटिङसम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्न वर्ल्डलिंकले मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको हो ।

प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कुल प्रथम भएको छ । सहभागी २० कजेलमध्ये सबैभन्दा उत्कृष्ट ठहरिएपछि एस इन्टरनेशनल बिजनेस स्कललाई प्रथम पुरस्कार दिइएको आयोजकले जनाएको छ । प्रथम पुरस्कारको राशि २ लाख ५० हजार रुपैयाँ छ ।

त्यस्तै, जेनिथ इन्टरनेशनलले दोस्रो र नेपाल कमर्स क्याम्पसले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ आयोजकको तर्फबाट प्राप्त गरेका छन् ।
प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सहभागी थिए । उनीहरुलाई सेल्स र मार्केटिङलगायत विविध क्षेत्रको ज्ञान, सीप र क्षमता अभिवृद्घिको जानकारी गराइएको थियो । प्रतियोगीहरुलाई आयोजकले दूरसञ्चार एवं आईटी कम्पनीहरुको भ्रमण पनि गराएको थियो ।

जुन १ देखि सुरु प्रतियोगिता ३७ दिनसम्म चलेको थियो । सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयनगरी सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment