+
+
Shares

खोलाले बगाएको ग्यास टिप्न हामफाल्दा आफैं बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २७ गते २०:४८

२७ असार, काठमाडौं । कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।

विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने ।

केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् ।

‘उहाँ खोलामा पसेर सिलिण्डर तान्दातान्दै डुब्नु भएछ’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरसँग भने, ‘हामीले उहाँको खोजी जारी राखेका छौं ।’

तर, दिउँसै बगेपछि अहिलेसम्म नभेटिएकाले सकुशल भेटिने झिनो आश मात्र रहेको प्रहरी बताउँछ ।

चौधरी सुरुमा आफ्नै कोठाको सिलिण्डर बगेपछि हाम फालेको हुनसक्ने आशंका गरिएको थियो । तर, प्रहरीले गरेको अनुसन्धान क्रममा त्यो सिलिण्डर केहीमाथि रहेको ग्यास डिपोबाट बगाएर ल्याएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?