Comments Add Comment

घाटगद्दी गरिएका सालका गोलिया सामुदायिक वनबाटै गायब

Photo Credit : शिवु खनाल, लमही

३१ असार, लमही । घाटगद्दी गरेर राखिएका सालका गोलिया दाङको देउखुरीस्थित एक सामुदायिक वनबाट गायब भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीस्थित कर्री सामुदायिक वन उपभोक्ता समूहको करिब १०० क्वुफिट काठ हराएको हो ।

कर्री सामुदायिक वनका अध्यक्ष किशोरकुमार घर्तीले भने, ‘गाडिमै लोड गरेर काठ लगेको जस्तो देखिन्छ । कसले कहाँ लग्यो थाहा भएन ।’ उनले सव-डिभिजन वन कार्यालयमा रिपोर्ट गरिसकेको र थप अनुसन्धान सुरु भएको जानकारी दिए ।

जिल्ला वन कार्यालय दाङको आपूर्ति समितिलाई आर्थिक वर्ष ०७३/७४ मा सो काठ छुट्याइएको थियो । तर आपूर्ति समितिले बिक्री गर्न नसकेपछि काठ पुनः वन समितिलाई फिर्ता आएपछि उपभोक्तालाई वितरण गर्ने निर्णय गरिएको थियो । आर्थिक वर्ष ०७५/७६ को कटान काठसँगै वितरण गर्ने निर्णय गरिएको उक्त चोरी भएको हो ।

स्थानीयकै मिलोमतोमा काठ चोरी भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment