Comments Add Comment

छोराछोरी हुर्काउने क्रममा केही गल्ती पो भइरहेको छ कि ?

अब बालबच्चालाई जन्म दिएर मात्र अभिभावक बन्न सकिदैन । उनीहरुलाई पालनपोषण गरेर मात्र अभिभावकको अभिभारा पुरा हुँदैन । उनीहरुलाई पढाएर मात्र अभिभावकको दायित्व पूर्ण हुँदैन ।

खासमा त बालबालिकालाई उचित किसिमको अभिभावकत्व दिनुपर्छ । बालबच्चा हुर्काउनु, बढाउनु आफ्नो ठाउँमा छ । उनीहरुलाई शिक्षा-दिक्षा दिलाउनु पनि आफ्नो ठाउँमा छ । त्यो भन्दा महत्वपूर्ण चाहि अब हुर्कने बालबालिकालाई पारिवारिक संस्कार, सामाजिक मूल्यबारे बोध पनि हुनुपर्छ । अतः यसका लागि अभिभावकले मूख्य भूमिका खेल्नुपर्छ ।

हामी के ठान्छौं भने छोराछोरीलाई जन्म दिएपछि, पालनपोण गरेपछि, शिक्षादिक्षा दिएपछि हाम्रो दायित्व पुरा हुन्छ । यद्यपी असल अभिभावक बन्नका लागि बालबालिकालाई हुर्काएर, बढाएर मात्र पुग्दैन । खासमा त उनीहरुलाई असल नागरिक बनाउनु नै अभिभावकको पहिलो दायित्व हो । यसका लागि उनीहरुलाई सानै उमेरदेखि सही मार्गदर्शनको आवश्यक पर्छ । अतः यसमा उनीहरुलाई हुर्काउने क्रममा अभिभावकले केही कुराको ख्याल गर्नैपर्छ ।

उनीहरुलाई लोभ नदेखाउनुहोस्

अक्सर हामी बालबालिकालाई क्षणिक खुसी दिन विभिन्न किसिमको प्रलोभलनमा पार्ने गर्छौं । तिमीले यस्तो काम गर्‍यौं भने खेलौना दिन्छ, खानेकुरा दिन्छु भनेर लोभ्याउँछौं । बालबालिकालाई हामीले लोभ्याएर खुसी तुल्याउने काम सही होइन । यसले उनीहरुमा लोभ गर्ने प्रवृत्तिको विकास हुन्छ । अतः यस किसिमको प्रवृत्ति पछिसम्म कायम रहन्छ वा अरु बढ्दै जान्छ । के तपाईं लोभी बच्चा हुर्काउन चाहुनुहन्छ ?

पक्कै चाहनुहुन्न । लोभ एक मानसिक विकार हो । यस किसिमको विकारले उनीहरुलाई कहिल्यै सन्तुष्ट दिदैन । शान्त तुल्याउँदैन । लोभले मान्छेलाई भ्रष्ट बनाउँछ । त्यसैले सानै उमेरदेखि उनीहरुलाई लोभी बनाउने काम नगरौं ।

जित्न मात्र नदिनुहोस्

बालबालिकाले बुझेर वा नबुझेर कतिपय कुरामा जिद्दी गर्छन् । जस्तो उनीहरु जंकफूड खान्छु भन्छन्, हामी उनीहरुको प्रस्ताव अस्विकार गरिदिन्छौं । उनीहरु रुन, कराउन थाल्छन् । जिद्दी गर्छन् । अन्ततः हामी गल्छौं । उनीहरुको जिद्दी पुरा गर्नै उचित मान्छौं । यसैगरी उनीहरु खेलौना खरिद गरिमाग्छन्, मोवाइल खेल्न माग्छन् । उनीहरु जिद्दी गर्न थालेपछि हामी पछि हट्छौं । अर्थात उनीहरुको माग पुरा गरिदिन्छौं । यद्यपि यसरी उनीहरुले जिद्दी गर्नसाथ हरेक कुरा पुरा गरिदिँदा त्यसले उनीहरुमा नराम्रो प्रवृत्ति हावी हुनपुग्छ । आफुले जे चाह्यो, त्यो हुन्छ भन्ने लाग्न थाल्छ । यो प्रवृत्ति पछिसम्म नै कायम रहन्छ । यसले उनीहरुमा आफुले जहिलेपनि जित्नुपर्छ भन्ने भावना विकास गराइदिन्छ । अतः कुनैपनि बेला आइपर्ने हार सम्हाल्न वा सामना गर्न सक्दैनन् । त्यसैले बालबालिकालाई के चाहिएको छुट दिनुपर्छ, अनावश्यक कुरामा जतिसुकै जिद्दी गरेपनि छुट दिनुहुन्न ।

सबै कुरामा सहयोगी नबनौं

हामीलाई आफ्ना बालबालिकालाई हरेक कुरामा सहयोग गरिरहेका हुन्छौं । उनीहरु लड्छन्, हात समाएर उठाइदिन्छौं । जबकी उनीहरु आफैपनि उठ्न सक्षम हुन्छन् । यद्यपि हामी उठाइदिन्छौं । उनीहरुले टिफिन बक्स खेल्ने प्रयास गरिरहेका हुन्छन्, हामी अग्रसर भएर आफै खोलिदिन्छौं । उनीहरुलाई लुगा लगाइदिने, जुत्ता पोलिस गरिदिनेदेखि खाना ख्वाउनेसम्मका काममा हामी सहयोग गर्छौं । सहयोग गर्नु नराम्रो त होइन ।

यद्यपी बालबालिकाले आफै सक्ने काममा हामी अगाडि सरेर हस्तक्षेप गर्नु राम्रो होइन । उनीहरु आफै काम गर्न सक्छन्, तर हामी त्यो काम गरिदिन्छौं । हामीलाई लाग्छ यसरी सहयोग गरेपछि बालबालिका खुसी हुन्छन् । यद्यपि यसले उनीहरुलाई परनिर्भर बनाउँछ । पछि हुर्किसकेपछि पनि उनीहरु अरुकै भर पर्ने गर्छन् । आफ्नो काम आफै गर्न सक्षम हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment