Comments Add Comment

बलिउड बक्स अफिस : किन बाजी जित्यो कबिर सिंह ?

भारतको बक्स अफिसमा जनवरी २०१९ देखि २१ अगष्टसम्म बलिउडका साथै हलिउडका फिल्महरुले समेत उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन् ।

भारतमा एकातिर केही हिन्दी फिल्महरुले दर्शकहरुलाई सिनेमा घरसम्म तान्न सफल हुनुका साथै २ सय करोड क्लबमा पुग्न सफल भए भने त्यहीं हलिउडका फिल्महरुले पनि आफ्नो जादू कायम राख्न सफल भए । जनवरीदेखि अगष्ट २०१९ सम्मको बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्ने केही फिल्महरु यस्ता छन् :

सबैभन्दा पहिला कुरा गरौं बलिउडका फिल्महरुको । २०१९ मा तीन वटा हिन्दी फिल्महरुले २ सय करोडको आँकडा पुरा गरे, जसमा उरी द सर्जिकल स्ट्राइक, भारत तथा कबिर सिंहको नाम समावेश छन् । यद्यपि, यो सूचीको पहिलो स्थानमा छ शाहिद कपूर तथा कियारा आडवाणी स्टारर फिल्म कबिर सिंह ।

यो फिल्मले २ सय ७८ करोड २४ लाख भारतीय रुपैयाँको ओभरअल कलेक्सन गर्दै यो सूचीको पहिलो स्थानमा रहन सफल भएको छ । विक्की कौशल तथा यामी गौतमको फिल्म उरी द सर्जिकल स्ट्राइक ११ जनवरीमा प्रदर्शन भएको थियो, जसले ओभरअल २ सय ४५ करोड ३६ लाख भारु कलेक्सन गर्न सफल भएको छ । यो फिल्म आम्दानिको हिसाबले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा पर्न सफल फिल्म हो सलमान खान तथा कटरिना कैफ स्टारर भारत । यो फिल्मले ओभरअल २ सय ११ करोड ७ लाख भारु कलेक्सन गर्न सफल भएको थियो ।

बाँकी फिल्मको कुरा गर्ने हो भने अक्षय कुमारको केशरीले १ सय ५४ करोड ४१ लाख भारु, टोटल धमालले १ सय ५४ करोड २३ लाख भारु, सुपर ३० ले १ सय ५० करोड भारु तथा गली ब्वाइले १ सय ४० करोड २५ लाख भारुको ओभरअल कलेक्सन गर्न सफल भएका छन् ।

यी फिल्महरुपछि पालो आउँछ मिशन मंगलको । अहिले पनि सिनेमा हलमा प्रदर्शन भैरहेको यो फिल्मले हालसम्म १ सय १४ करोड भारु भन्दा बढिको कलेक्सन गरिसकेको छ । यसपछि दे दे प्यार देको नाम आउँछ, जसले हालसम्म १ सय ३ करोड ६४ लाख भारु आम्दानी गर्न सफल भएको छ ।

अनुमान त के लगाइएको छ भने मल्टिस्टारर फिल्म मिशन मंगलले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ र यो फिल्मले नयाँ कीर्तिमान बनाउने सम्भावना छ ।

हलिउडका फिल्महरुको कुरा गर्ने हो भने सधैं झैं यो वर्ष पनि ती फिल्महरुले राम्रो प्रदर्शन गर्न सफल भएका छन् । २६ अप्रिलमा प्रदर्शन भएको एभेन्जर्स इन्डगेमले ३ सय ७३ कारेड २२ लाख भारु ओभरअल कलेक्सन गर्न सफल भएको छ । त्यसपछि द लायन किङले १ सय ५५ करोड १६ लाख भारु आम्दानी गर्दै दोस्रो स्थानमा रहन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment