Comments Add Comment

‘रेल वे स्टेशन’मा गीत गाउँदा रानुको जीवन नै बदलियो

रेल वे स्टेशनमा बसेर रानु मण्डलले गाएको एक गीत भाइरल भयो । लता मंगेशकर जस्तै गाउन सक्ने रानुका फ्यान लाखौ भए । उनले ‘एक प्यार का नग्मा हे’ बोलको गीत गाएकी थिइन् । रेल वे स्टेशनमै बसेर उनले गीत गाएर गुजारा चलाउँदै आएकी थिइन् ।

रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए । उनले पोष्ट गरेको केही समयमा नै भिडियो भाइरल भएको थियो । रानुको स्वरको चौतर्फी चर्चा भयो । भिडियो भाइरल भएपछि उनीमाथि संगीत क्षेत्रका हस्तीहरुको पनि आँखा पर्यो । रानुलाई गायक तथा संगीतकार हिमेश रेशमियाले पहिलो पटक गीत गाउने अवसर दिए । उक्त गीत रेकर्ड भएपछि अहिले रानुको माग निकै बढिरहेको छ । बलिउड चलचित्रदेखि भोजपूरी चलचित्रका मेकरले समेत उनलाई अफर गरिरहेका छन् ।

रानु मण्डल बिबाहित थिइन् । बब्लु मण्डलसँग उनको बिबाह भएको थियो । बिबाहपछि उनीहरु मुम्बईमा बस्दै आएका थिए । सबै राम्रै चलिरहेको थियो । तर, अचानक श्रीमानको मृत्यु भएपछि रानु बेसाहारा बनेकी थिइन् । श्रीमानको मृत्यु पछि रानु आफ्नो माइती गाउँ रानाघाट फर्किइन् । फर्किएर उनले गीत गाउन सुरु गरिन् । गीत गाएर नै उनी आफ्नो जीवन चलाइरहेकी थिइन् ।

रानुको एक छोरी थिइन् । तर, आफ्नो बुबाको मृत्युपछि आमाले स्टेशनमा गीत गाएको उनलाई मन परेको थिएन । त्यसैले उनले आमाको साथ छोडेकी थिइन् । अहिले भिडियो भाइरल भएपछि छोरी पनि आमाको साथमा आएकी छिन् ।
उनलाई नायक सलमान खानले ५० लाखको घर उपहार दिएका छन् । रेल वे स्टेशनमा गाएको एउटा गीतले रानुको जीवनचक्र नै फेरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment