Comments Add Comment

दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोधबारे मुख्यमन्त्रीको चासो

१८ भदौ, विराटनगर । दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा भएको अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले चासो दिएका छन् ।

दुहबी–कटहरी १६ किलोमिटर प्रसारण लाइनमा ग्रामथान गाउँपालिकाको गिधनियामा अवरोध छ । स्थानीयले प्रसारणलाइन निर्माण गर्न नदिएपछि मुख्यमन्त्री राईले समस्या सामधान गर्न पहल थालेका हुन् ।

प्रसारण लाइन अवरोधका कारण न्यून भोल्टेज र लोडसेटिङको समस्या बढेपछि मुख्यमन्त्री राईले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका थिए । मुख्यमन्त्री राईले मोरङ क्षेत्र नम्वर ४ का संघीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरेका हुन् ।

छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताएका छन् । ‘समस्या समाधान गर्न म पहलकदमी लिन्छु,’ मुख्यमन्त्री राईले भने, ‘सबै मिलेर समाधानको प्रयास गरौँ ।’

विकास निर्माणमा सबैले सहयोग गर्नुपर्ने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि तत्काल छलफल अघि बढाउने बताए । ‘यहाँको समस्या अब अन्त्य हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment