Comments Add Comment

तीनै तहका सरकारको योगदानमा इन्द्रजात्राका लागि ५ करोडको कोष

Photo Credit : अनलाइनखबर फाइल

२६ भदौ, काठमाडौं । काठमाडौंको सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालन गर्न स्थायी कोष स्थापना गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषको घोषणा गरिएको हो ।

कोषमा तीनै तहका सरकारले योगदान गरेका छन् । ५ करोड रुपैयाँमध्ये कोषमा संघीय सरकारले १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै, प्रदेश सरकार (३ नं.) बाट १ करोड, गुठी संस्थानबाट ५० लाख रकम र सबैभन्दा धेरै काठमाडौं महागरपालिकाबाट २ करोड रुपैयाँ कोषमा जम्मा हुने भएको छ ।

मन्त्रिपरिषद्को २२ भदौको बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापनाको निर्णय गरेको थियो । यस कोषमा जम्मा हुने ५ करोड रकमको व्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्था गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

उनका अनुसार कोष संचालन तथा व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुखको अध्यक्षतामा एक समिति रहने भएको छ ।

इन्द्रजात्राको संचालन सम्बन्धी कार्यविधि बनाउने तयारी सुरु भइसकेको संस्कृत, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताए ।

कार्यविधिमा महानगरका मेयरको संयोजकत्वमा सबै तहका सरकारका साथै इन्द्र जात्रा आयोजक समितिका समेत प्रतिनिधि रहने गरी एउटा समिति बनाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment