
बलिउड नायक सलमान खानले आफूलाई प्रतिवन्ध लगाउन फोटोग्राफरहरुलाई सुझाव दिएका छन् । हुनत, सलमान र फोटोग्राफरविचको झगडा पहिलो पटक भएको होइन । सलमानले ‘बीग बोस–१३’को पत्रकार सम्मेलनमा फोटोग्राफरलाई यो आग्रह गरेका हुन् ।
सलमानको तस्वीर कैद गर्न लाइनका बसेका फोटो पत्रकारहरुले सलमानको बाटो छेकेका थिए । बाटो छेकेपछि सलमान रिसाए । पछि फोटोग्राफर र कार्यक्रम संचालकबीच पनि केही समय विवाद भयो । उक्त विवादले सलमानको पारो ततायो र उनले फोटोग्राफरहरुलाई आफूलाई ब्यान्ड गर्न सुझाव दिए ।
उनले आफूलाई ब्यान्ड गर्न सुझाव दिएको भिडियो अहिले निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा सलमानले भनेका छन्–‘मसँग रिस छ भने सजिलो छ, तपाईहरुले मलाई प्रतिबन्ध लगाउन सक्नुहुनेछ ।’
सलमानलाई केही समय अगाडि फोटोग्राफरहरुले प्रतिवन्ध लगाएका थिए । तर, एक कार्यक्रममा उनले ज्याकलिनको गालामा चुम्बन गर्दा क्यामेरा सोझिए । सो समयमा सलमानले भनेका थिए–‘खै, तपाइहरुमा नै एकता छैन । प्रतिवन्ध लगाउँछु भन्ने अनी फोटो खिच्ने ।’
प्रतिक्रिया 4