Comments Add Comment

हाउडी मोदी ! ‘अब की बार ट्रम्प सरकार’

७ असोज, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दशौं हजार भारतीय मूलका अमेरिकीहरू सहभागी एक कार्यक्रममा सोमवार सहभागी भए। टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे ।

करिब ५० हजार सहभागी ‘हाउडी मोदी’ कार्यक्रममा मोदीले ट्रम्पको प्रशंसाबाट गरेका थिए भने ट्रम्पले हालैको लोकसभा निर्वाचनमा विजयी भएर फेरि सत्तामा आएकोमा मोदीलाई बधाई दिएका थिए ।

मोदीले आफ्नो भाषणकै क्रममा आफूले भारतको चुनावमा प्रयोग गर्ने गरेको ‘अब की बार मोदी सरकार’ नारालाई ट्रम्प प्रति समर्थन जनाउन ‘अब की बार ट्रम्प सरकार’ मा परिणत गरेका थिए ।
अमरिकाको टेक्सास राज्यमा भारतीय प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम गरिनु र त्यसमा राष्ट्रपति ट्रम्प समेत सम्मिलित हुनुलाई अर्थपूर्ण मानिएको छ ।

मोदी र ट्रम्पले दुवैको आ-आफ्नो आन्तरिक राजनीतिक स्वार्थ पूर्ति गर्ने अवसरका रुपमा यो कार्यक्रमलाई लिएको विश्लेषण पनि गरिएको छ ।

ट्रम्पको स्वार्थ  

मोदीको कार्यक्रम टेक्सासमा गरिनुका पछाडिको कारण थियो – राज्यमा डेमोक्रेटहरूको प्रभाव बढ्दै जानु । सन् २०२० मा हुने अमरेकी चुनावमा ट्रम्पले टेक्सासमा हार्ने सक्ने अनुमान गर्न थालिएको छ । सन् १९७६ देखि रिपबलिकन उम्मेदवारलाई आफ्नो मत दिँदै आएको टेक्सासले यसपालि डेमोक्रेटको खेमा रोज्ने आँकलन विभिन्न सर्वेक्षणहरूले देखाएका छन् ।

यसै कारण ट्रम्प टेक्सास राज्यमा सकेसम्म बढि मत जित्ने अभियानमा छन् । राज्यमा भारतीय मुलका अमेरिकीहरूको उल्लेख्य संख्या छ र धेरैजसो गैरआवासीय भारतीयहरूले मोदीको समर्थन गर्ने भएकाले उनीहरूलाई ट्रम्पलाई भोट हाल्न प्रेरित गर्न सकिने आँकलन ट्रम्पको छ । त्यसै गरी आफ्नो चुनावी अभियानमा धनाढ्य भारतीयहरूले चन्दा दिऊँन् भन्ने चाहना पनि अमेरिकी राष्ट्रपतिको छ ।

ट्रम्पको भारतसितको अर्को स्वार्थ पनि चुनावसित नै जोडिएको छ । सत्तामा आएपछि अन्तराष्ट्रिय व्यापारमा कठोर नीति लिएका ट्रम्पले संसारका ठूला अर्थततन्त्रहरूसित नयाँ व्यापार सन्धि गर्ने घोषणा गरेका थिए । तर, उनले यस मामिलामा कुनै ठूलो प्रगति देखाउन सकेका छैनन् । चीनसँगको वार्तामा गतिरोध उत्पन्न भएको छ र उनी आफैले चुनाव अघि बेइजिङसित कुनै सहमतिमा पुग्ने नसकिने सङ्केत गरेका छन् ।

त्यसैले ट्रम्प भारत र जापानसित व्यापार सम्झौता गर्न चाहन्छन् । अनतराष्ट्रिय समाचार माध्यमहरूका अनुसार, भारतले अमेरिकामा निर्मित हार्ले डेभिडसन मोटरसाइकलमा लाग्ने आयात कर घटाउन तयार रहेको सन्देश दिएको छ र यसैलाई आफूले आफ्ने वाचा पूरा गर्न लागेको उदाहरणका रुपमा ट्रम्पले आफ्नि चुनावी अभियानमा प्रयोग गर्नेछन् ।

मोदीका लागि फाइदा

मोदीका लागि पनि ट्रम्पसितको कार्यक्रम फाइदाजनक नै रह्यो । हालै संविधानको धारा ३७० खारेज गरेर जम्मू र काश्मिरको विशेष अधिकार कटौती गरेका कारण आलोचना खेप्नु परेको मोदी सरकारले एकातर्फ काश्मिरको मुद्दा उसको आन्तरिक मुद्दा भएको जनाउने गरेको छ भने अर्कोतर्फ आफ्नो कदमको अमेरिकाले समर्थन गरिदियोस् भन्ने चाहना छ । कार्यक्रमको दौरानमा मोदीले धारा ३७० पास गर्ने सांसदहरूका लागि विशेष तालि दिन दर्शकलाई आग्रह समेत गरे, त्यो पनि ट्रम्प मञ्चमा भएको बेला ।

जानकारहरूका अनुसार अमेरिकी प्रशासनको पू्र्वसहमति बगेर मोदीले यसो गर्न सक्दैनथे । त्यसै गरी भारतका दुई ठूला राज्य महाराष्ट्र र हर्याणामा चुनाव नजिकिँदै गर्दा मोदीको भारतीय जनता पार्टीले देशमा छाएको आर्थिक मन्दीबाट मतदाताहरूको ध्यान हटाउन पनि यो कार्यक्रम आयोजना गरेको विश्लेषण पनि गरिएको छ ।

अब की बार ट्रम्प सरकार‘ को जोखिम

सामान्यतया कुनै देशका राजनीतिक नेताले अर्को देशमा गएर त्यहाँ हुने चुनावमा कुनै उम्मेदवारको समर्थन वा विरोध गर्दैनन् । तर, मोदीले खुलेरै अमेरिकी राष्ट्रपति ट्रम्पको उम्मेदवारीको समर्थन गरिदिए ।

मोदीको यस्तो कदमका कारण अमेरिकामा डेमोक्रेट राष्ट्रपति आए भने भारतसँग को सम्बन्धमा चिसोपन उत्पन्न हुने विश्लेषकहरू बताउँछन् । मोदीले यस्तो कदम चाल्नुका पछाडि ट्रम्पको ठूलै ‘उपहार’ दिने वाचा रहेको हुन सक्ने आँकलन कतिपयको छ ।

तर, ट्रम्पलाई भने मोदीको नाराले फाइदा नै पुग्ने देखिन्छ । ट्रम्प चुनावमा विजयी भए भने सन् २०२५ सम्म राष्ट्रपति रहेनछन् र त्यतिबेला मोदी नै प्रधानमन्त्री रहिरहनेछन् । यदि ट्रम्प हारे भने पनि भारतसितको चिसो सम्बन्धलाई लिएर रिपब्लिकनहरूले राजनीति गर्ने पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment