Comments Add Comment

बन्चरो प्रहार गरी सिराहामा श्रीमतीको हत्या

२० कात्तिक, काठमाडौं । सिराहाको कर्जन्हामा बुधबार एक युवकले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको छ ।

कर्जन्हा नगरपालिका-२ सैलेश टोल बस्ने श्रीमान रामबाबु पासवानले आफ्नी २६ वर्षीया श्रीमती कबिता पासवानको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरेका पासवानले बुधबार बिहान बन्चरोले प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने रामबाबु हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment