Comments Add Comment

हुण्डीको पैसा जोगाउन जग्गा कारोबारको कागज !

२५ कात्तिक, विराटनगर । हुण्डी कारोबारीहरुले कारोबारको पोल खुलेमा त्यसबाट जोगिनका लागि लेनदेनको कागज देखाउने गरेको पाइएको छ । प्रहरीले भारतबाट हुण्डीको ७ लाख रुपैयाँसहित नेपाल आउँदै गरेका २ जनालाई पक्राउ गरेपछि स्रोत नखुलको पैसा जोगाउन कृतिम कागज बनाउने गरेको पाइएको हो ।

प्रहरीले सिमावर्ती भारतीय बजार जोगवनीबाट हुण्डी मार्फत भित्रिएको ७ लाख नेपाली रुपैयाँसहित नेपाल प्रवेश गर्दै गर्दा को ३९ प ७३९६ रुपैयाँसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र जोगवनीकै १९ वर्षीय बिक्कीकुमार साहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुले घटना स्थलमा हुण्डीको रकम रहेको स्वीकार गरेका थिए । तर बाटोबाटै प्रकाउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएको केही समय पछि लेनदेनको पैसा भन्दै तीन जना पुगेका थिए ।

कानून व्यावसायीसहित पुगेकाहरुले जग्गा बैनाको पैसा लिएर आउँदै गर्दा पक्राउ गरेको बताएका थिए । तर पक्राउ परेकाहरुले जग्गा बैनाप्रति अनविज्ञता जनाएपछि पैसा दाबी गर्दै आएको टोली फर्किएको थियो ।

हुण्डी कारोबारीको अनुसन्धान गर्दै आइरहेका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरुले हुण्डीको रकम पूर्‍याउन विराटनगर तर्फ आएको स्वीकार गरिसकेका थिए । उनीहरु १ लाख रुपैयाँको १ सय रुपैयाँ पाउने शर्तमा विराटनगर आएका थिए ।

हुण्डी मार्फत भित्रिएको रकमको वैधानिक स्रोत देखाउन भन्दै भरीया छुटाउन गएकाहरुले पहिले ५ लाख र पछि ७ लाख रुपैयाँ भुक्तानी गरेको कागज बनाएका थिए ।  ‘कारोबारीहरुमा पक्राउ परिहाले जोगिन लेनदेनको कागज बनाइदो रहेछ,’ श्रेष्ठ भन्छन्, ‘ हामीले थप अनुसन्धानका लागि भन्सार कार्यालयको जिम्मा लगाएका छौं ।’ शुक्रबार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि आइतबार बुझाइएको श्रेष्ठले बताए ।

कारोबारीसम्म पुग्दैनन् प्रहरी

गत असोज २७ र २८ गते हुण्डीको १३ लाख रुपैयासहित प्रहरीले दुई जना भरीयालाई पक्राउ गर्‍यो। असोज २७ गते  विराटनगर ४ कञ्चनबारी चोकबाट सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त राय पक्राउ पर्दा २८ गते विराटनगर– १५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनी अवैध २ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका थिए । शनिबार पक्राउ परेका पनि भरिया नै हुन् ।

पछिल्लो एक महिनामा तीन जना भरियालाई पक्राउ गरेको प्रहरी कारोबारीको छेउसम्म  पुगेका छैनन् । पर्याप्त प्रमाण चाहिने भएका कारण भरियाले पोल खोलेपनि कारोवारीसम्म पुग्न कठिन हुने अनुसन्धन अधिकृतहरु बताउँछन् । डीएसपी घनश्याम श्रेष्ठले संकास्पद केही व्यक्तीमाथि अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment