Comments Add Comment

लोक तथा दोहोरी प्रतिष्ठानको चुनावमा ११३५ मत खस्यो, नतिजा आजै

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको चुनाव सकिएको छ । नयाँ नेतृत्वको लागि आइतबार बिहान ८ बजेबाट सुरु भएको चुनाव २ बजे सकिएको हो । जसमा ११ सय ३५ जनाले मतदान गरेका छन् ।

बद्री पंगेनीको अध्यक्षतामा रहेको नेतृत्वको तीन वर्ष पूरा भएपछि नयाँ नेतृत्वको लागि चुनाव भएको थियो । ४ बजेबाट मदगणना सुरु हुने यस चुनावको नतिजा आज नै सार्वजनिक हुनेछ ।

प्रतिष्ठानको नयाँ अध्यक्ष बन्नको लागि विष्णुच खत्री र रमेश विजी भिडिरहेका छन् । हाल वरिष्ठ उपाध्यक्षका रुपमा काम गरिरहेका रमेश र गत महाधिवेशनमा बद्री पंगेनीसँग हार बेहोरेका विष्णु खत्री बीचको यो चुनावी भिडन्त साच्चिकै रोचक छ ।

५७ जनाको कार्यसमिति रहने प्रतिष्ठानको पाँच पदको लागि मात्र निर्वाचन भएको छ । जसमा अध्यक्ष, तृतिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्य पद रहेका छन् । बाकीँ वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, उपमहासचिव, सांगठनिक सचिव, महिला सचिव र सह–कोषाध्यक्ष पद निर्विरोध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment