Comments Add Comment

एक दिनमै थुप्रिन्छ लाखौं चाउचाउको खोल

माटोको उत्पादकत्व र पर्यावरणका लागि कति घातक ?

एक अध्ययनले देखाउँछ, ‘नेपाली समाजले दिनहुँ औसत ४० लाख प्याकेट चाउचाउ खपत गर्छ ।’ यसले जन-स्वास्थ्यमा पार्ने असरको छुटै हिसाब-किताब होला । साथसाथै यो आँकडाले के पनि देखाउँछ भने, एक दिनमा चाउचाउ खाएर मिल्काइने प्लाष्टिकको अत्यासलाग्दो डंगुर लाग्छ । तयारी चाउचाउ प्याकेजिङका लागि प्लाष्टिकको प्रयोग गरिन्छ । चाउचाउ उपभोगपछि उक्त प्लाष्टिकको खोल जथाभावी मिल्काइन्छ ।

खाना र खाजाको विकल्प बनिरहेको चाउचाउको यो अध्याँरो पाटोबारे खासै सोधीखोजी भएको पाइँदैन । पर्यावरण दूषित बनाउनका लागि चाउचाउजन्य उत्पादनको भूमिकाबारे न चासो राखिन्छ, न उत्पादकले यसको संवेदनशीलतामाथि सरोकार राखेका छन् ।

वन तथा वातावरण मन्त्रालयले अहिलेसम्म पनि यसलाई प्रदूषणको कारक मानेर गम्भीरताका साथ नियन्त्रणको लागि कदम चालेको छैन । मन्त्रालयका अधिकारीहरु यसको असरको बारे बेखबर छैनन् । तर, नियन्त्रणको लागि उनीहरुले कुनैपनि कार्यविधि तयार नपारेको स्वीकार गर्छन्  ।

यो पनि पढ्नुहोस चाउचाउ स्वादिलो बनाउन कति हानिकारक तत्व मिसाइन्छ ?

सरकारले २०७३/७४ सालको बजेटमार्फत् काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरुमा ३० माइक्रोन भन्दा कम तौलका प्लास्टिकहरु प्रतिबन्ध लगाउने घोषणा गर्यो । त्यो घोषणा वातावरण नियन्त्रणको लागि एउटा सकारात्मक कदमको रुपमा सबैले स्वागत पनि गरे । तर, सरकारले वातावरण प्रदूषणको कारण त्यही ३० माइक्रोनभन्दा कम तौलको प्लास्टिकलाई मात्रै मान्यो ।

त्योभन्दा धेरै प्रयोग हुने गरेका प्लास्टिकहरु दैनिक रुपमा लाखौं मात्रामा प्रयोग भइरहँदा पनि सरकारले त्यसलाई प्रदूषणको कारक मानेन । जसका कारण पछिल्लो समय माटोमा उत्पादकत्व कम हुँदैछ । उत्पादकत्व घट्दैछ । हामी रासायनिक मललाई मात्रै यसको कारक मानेर झनै घातक स्रोत अवलम्बन गरिरहेका छौं ।

सरकारले ३० माइक्रोनभन्दा कम तौलको प्लास्टिक प्रतिबन्ध लगाउने घोषणा राजपत्रमा नै प्रकाशित गरिसकेपछि त्यस्ता प्लास्टिकहरुको प्रयोग धेरैहदसम्म कम भएको छ । तर, सरकार ३० माइक्रोनभन्दा कमका प्लास्टिकको प्रतिबन्धमा ध्यान दिएपनि अरु प्लास्टिकहरुको असर नियन्त्रणबारे कुनैपनि प्रयास नगरिएको वन तथा वातावरण मन्त्रालयले जनाउने गरेको छ । अहिले वर्षेनी करोडौंको मात्रामा प्रयोग हुने प्लास्टिकका कारण ग्रामीण क्षेत्रका माटोको गुणस्तर कम हुँदै गएको माटो विज्ञहरु बताउँछन् ।

मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगाना ३० माइग्रेनभन्दा कमका प्लास्टिकहरुको व्यवस्थापन गरेपनि हरेक किसिमका प्लास्टिकहरु नै पर्यावरण र माटोको लागि गम्भीर चुनौती रहेको बताउँछन् । उनका अनुसार प्लास्टिक कहिलै पनि नस्ट नहुने भएकोले यो माटोमा मिलेपछि माटोको उत्पादकत्वमा नै समस्या सिर्जना गर्ने बताउँछन् । त्यसैमाथि प्लास्टिक जलाइयो भने त त्यसले सिंगो वातावरणलाई नै गम्भीर समस्या निम्त्याउने उनले बताए ।

एक अध्ययनका अनुसार नेपालमा दैनिक ४० लाख प्याकेट त चाउचाउ मात्रै बिक्री हुने गरेको छ । त्यसबाहेक बिस्कुट लगायत अरु खाद्य सामग्रीमा प्रयोग गर्ने प्लास्टिकको बारेमा त कुनै अध्ययन नै भएको छैन । नेपालको शहरी जनसंख्याले प्रयोग गरेको ४ सय १३ टन प्लास्टिक फोहोर हरेक दिन संकलन हुनेगरेको सरकारी तथ्यांक छ ।

कृषि मन्त्रालयका माटो विज्ञ गंगाप्रसाद आचार्यले प्लास्टिकले माटोको सबैभन्दा ठूलो उत्पादकत्वमा नै असर गर्ने भएकोले यसको व्यवस्थापन आवश्यक रहेको बताउँछन् । प्रयोग गरिसकेको माटो जुनसुकै ठाउँमा पनि माटोमा मिलेपछि त्यसले ठूलो क्षेत्रमा असर गर्ने मन्त्रालउका अधिकारीहरु बताउँछन् ।

माटोको उर्भराशक्तिको ‘दुस्मन’

यो पनि पढ्नुहोस चाउचाउ : छिटो-मीठो खाजा कि मन्द विष ? 

प्लास्टिकको फोहोरलाई प्रशोधन या पुनर्उत्पादन अरुको जस्तो सहज छैन । नेपालमा प्रयोग हुने अधिकांश प्लास्टिकहरु पुनः प्रयोग नहुने किसिमका छन् । ती प्लास्टिकको पुनः उत्पादनको लागि जलाउँदा त्यसबाट विषालु विष निस्कन्छ । त्यस्तै, प्लास्टिकबाट निस्कने धुवाँले माटो र जलवायुलाई नै प्रदूषित गराउने गरेको छ । जसले गर्दा माटोको उर्वरा शक्तिलाई पनि नष्ट गराउने गरेको छ ।

वैज्ञानिकहरूका अनुसार प्लास्टिक नष्ट हुनको लागि कम्तीमा ५०० वर्षदेखि बढीमा एक हजार वर्षसम्म लाग्न सक्छ । अन्तराष्टि्रय संघसंस्थाहरुले गरेको अध्ययन अनुसार ८० देखि १२० अरब डलरसम्मको प्लास्टिक त्यसै खेर जाने गरेको छ । यस कारणले, प्लास्टिक उद्योगलाई रिसाइक्लिंग गरेर प्लास्टिकलाई पुनः प्रयोग गर्ने दबाब बढी छ । जबकी विश्वमा खपत हुने ४० प्रतिशत प्लास्टिकहरु एक पटक मात्र प्रयोग गर्न मिल्ने खालको हुन्छ ।

जलवायु परिवर्तन सम्बन्धी बहसको क्रममा विश्वभरी सबै किसिमका प्लास्टिकहरुको प्रयोगमा प्रतिबन्ध लगाउने कठोर निर्णय गर्न सुझाईएको थियो । उनीहरुले समयमै चेतावनी नदिने हो भने वातावरण जतात्यतै प्रदूषित हुने चेतावनी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment