Comments Add Comment

‘सामान किन्दा ठगिनुभयो ? सरकारी एपमा उजुरी गर्नुहोस्’

२४ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सुनुवाई गर्न सुरुवात गरेको मोबाईल एपमा उपभोक्ताको सहभागिता उल्लेख्य छैन ।

एप थालनीको दुई महिनामा जम्मा दुई दर्जन गुनासा प्राप्त भएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । एपबाट आएको उजुरी पनि घटनाकेन्द्रित नभएर समग्र विषय केन्द्रित भएको पाइएको उनले बताए ।

‘मासु पसलहरुमा स्वच्छताको समस्या देखिएका छन् हल गर्नु पर्‍यो , कपडाहरु महंगा भए भन्ने खालका गुनासो प्राप्त भएका छन्,’ महानिर्देशक सुवेदीले भने ।

घटनाकेन्द्रित भएर कुन ठाउँमा के भएर ठगिन पुगेको हो भन्ने फोटो र प्रमाणसहित गुनासो गर्न सकिने भए पनि त्यसो नभएको विभागले जनाएको छ । गत कात्तिक ८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एपको सुरुवात गरेका थिए ।

नाम फेरियो

गुनासो एपको रुपमा गुगल प्ले स्टोरमा मात्र उपलब्ध एपलाई सरलीकृत गर्ने काम सुरु गरिएको विभागले जनाएको छ । प्ले स्टोरमा एप नभेटिएको, चलाउन सजिलो नभएको भन्ने जनगुनासो पछि एपलाई सजिलै उपलब्ध हुने गरी ‘कन्जुमर एप’ नाममा परिवर्तन गरिएको विभागका महानिर्देशक सुवेदीले बताए ।

‘अब गुगल प्ले स्टोरमा कन्जुमर एपको रुपमा खोज्दा भेटिन्छ,’ उनले भने ।

एपमार्फत प्रमाणसहित घटना केन्द्रित भएर उजुरी गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे । एपमार्फत आउनु गुनासो सुनुवाइका लागि तत्काल टोली खटाइने भन्दै महानिर्देशक सुवेदीले निर्धक्क भएर उजुरी गर्न उपभोक्तालाई अपील गरे ।

आइफोनका लागि पनि एप उपलब्ध हुने गरी काम थालिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment