Comments Add Comment

बास्केटबलमा नेपालको पुरुष टिमलाई कास्य

२४ मंसिर, काठमाडौं । नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको छ ।

बंगलादेशसंग समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो । नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंकको योगदान दिए । यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिंहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे ।

योसँगै नेपालले १३ औं सागमा बास्केटलतर्फ चारवटै विधामा पदक जित्न सफल भएको छ । नेपाली पुरुष टोलीले थ्री अन थ्रीमा रजत र महिला थ्रीअनथ्री मा कास्य जितेको थियो ।

यस्तै नेपाली महिला टोलीले फाइनल पुग्दै रजत पदक पक्का गरेको छ । महिला टोलीले साग बास्केटबलमा पहिलो पटक फाइनलमा स्थान बनाएको हो । फाइनलमा मङ्गलबार नेपालले भारतसंग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment