Comments Add Comment

सलमान भन्छन्–‘इद मेरो मात्र होइन’

बलिउड नायक सलमान खानका अधिकांश चलचित्र इदमा रिलिज हुन्छन् । यसैले, इद पर्व बलिउडमा सलमानकै लागि हो भनिन्छ । सलमानका चलचित्रले इदमा राम्रो कमाई पनि गरिरहेका छन् । तर, आउँदो बर्षको इदमा भने सलमानलाई अर्का नायक अक्षय कुमारले टक्कर दिने पक्का भएको छ ।

सलमानको ‘राधे’सँग अक्षयको ‘लक्ष्मी बम’ रिलिज हुँदैछ । यो बिषयमा सलमान भन्छन्–‘इद पर्वमा अर्को चलचित्रका लागि पनि स्थान छ ।’ सलमानले अगाडि भने–‘मेरो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हसुन सक्छन् । मैले कहिलेपनि इद पर्व मेरो मात्र हो भनेको छैन । यो पर्वमा जसको चलचित्र पनि रिलिज हुन सक्छन् । हेर्ने वा नहेर्ने भन्ने निर्णय दर्शकले लिने हो ।’

राम्रो चलचित्र बनेको खण्डमा चाडपर्वको बिदा नै आवश्यक नरहने सलमानको तर्क छ । सलमानले भने–‘म दबंग ३ रिलिजपछि २ महिना विदा मनाउन चाहन्थेँ । राधेको कथा पनि तयार थियो । मैले यो कथा प्रभु देवालाई सुनाए, उनी काम गर्न तयार भए ।’

यो बर्ष सलमान अभिनित चलचित्र ‘भारत’ले दर्शकको अपेक्षाकृत साथ पाएन । यसैले, पनि आउँदो साता रिलिज हुन लागेको ‘दबंग ३’ले बम्पर व्यापार गर्नेमा सलमान आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment