Comments Add Comment

ट्वीटर एपमा समस्या, करोडौं प्रयोगकर्ताका नम्बर लिक

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरका लागि यो वर्ष राम्रो रहेन । किनकी ट्वीटरमा पुनः प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएको छ ।

ट्वीटरमा बगमा कारण १ करोड ७० लाख प्रयोगकर्ताका फोन नम्बरहरु लिक भएका छन् । साइबर शोधकर्ताका अनुसार यसरी लिक भएका फोन नम्बर कतिपय ठूला राजनीतिज्ञ तथा अधिकारीहरुका पनि छन् । शोधकर्ताका अनुसार ट्वीटरको एन्ड्रोइड एपमा यस्तो बग पाइएको हो ।

शोधकर्ता इब्राहिम बालिकका अनुसार उनको २ महिनाको अनुसन्धानले यस्तो बगबाट इजरायल, टर्की, इरान, ग्रीस, प|mान्स तथा जर्मनीका प्रयोगकर्ताहरु सबैभन्दा धेरै प्रभावित भएका छन् ।

हालैका दिनहरुमा फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुका डाटा लिक भएका समाचार आइरहेका छन् । फेसबुकमा समेत बगकै कारण करोडौँ प्रयोगकर्ताका डाटाहरुमा अनिधिकृत पहुँ सम्भव भएको थियो । गुगल प्ले स्टोरमा रहेका कतिपय थर्ड पार्टी एपहरुले यसरी डाटा चोरी गर्ने गरेका थिए ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment