Comments Add Comment

यसकारण, आमिरको ‘दंगल’ दशककै ब्लकबस्टर फिल्म

सन् २००० को दोश्रो शतक आजबाट समाप्त हुँदैछ । सन् २००० को दोश्रो शतक बलिउडका लागि सुखद बन्यो । यो दशकमा बलिउडले कथा भन्ने तरिका भने फेरेको छ । स्टारडम भन्दा पनि यो दशकमा बलिउडमा कथा बिकेको छ ।

यो दशकको ब्लकबस्टर चलचित्र बलिउडको कुन बन्यो होला ? यो कौतुहलता बलिउड फ्यानका लागि पक्कै छ । यो दशकमा पनि बलिउडले ४ सय करोड क्लबलाई छुन सकेन । यो दशकमा बलिउडमा २ सय र ३ सय करोडको सुरुवात भने भयो ।

सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ यो दशकको सर्वाधिक धेरै कमाउने बलिउड चलचित्र बनेको छ । भारतमा मात्र नभएर, विश्व बजारमै सर्वाधिक कमाई गर्ने बलिउड चलचित्रको रुपमा ‘दंगल’ बनेको छ ।

यो चलचित्रले भारतीय बक्स अफिसमा ३८७ करोडको कमाई गर्यो । यो कमाई यो दशकमा अन्य कुनै पनि बलिउड चलचित्रले गर्न सकेनन् ।

कमाइको मामालामा मात्र होइन, चलचित्रलाई दर्शक र समिक्षकले सर्वाधिक रुचाए । यो चलचित्रले पहिलो दिन २९ करोडको कमाई गरेको थियो । चलचित्र सन् २०१६ को क्रिसमसमा रिलिज भएको थियो । रिलिज भएको तेश्रो दिन यो चलचित्रले ४२ करोडको कमाई गरेको थियो ।

चलचित्र चीनमा समेत रिलिज भएपछि यसको विश्वव्यापी कमाई करिब २ हजार करोड नजिक पुगेको थियो । कुस्ती खेलको कथामा तयार भएको यो चलचित्रमा आमिर खान र उनका छोरीहरुको कथालाई पर्दामा उतारिएको थियो ।

हुनत, यो दशकमा साउथको चलचित्र ‘बाहुवली २’ले भारतीय बक्स अफिसमा चमत्कार नै गरेको थियो । तर, बलिउड चलचित्रको रुपमा ‘दंगल’ दशककै ब्लकबस्टर बन्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment