Comments Add Comment

गैंडाकोटमा ‘होटल द नारायणी’ सञ्चालन हुँदै

३ माघ, चितवन । नवलपुरको गैंडाकोटमा ‘होटल द नारायणी’ सञ्चालनमा आउने भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै ‘होटल द नारायणी’ प्रालि सञ्चलान गर्न लागिएको नारायणी विजनेश ग्रुपले जनाएको छ । झण्डै ७ करोड रुपैयाँको लगानी रहेको होटलमा चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु सहभागी छन् ।

होटलको आगामी माघ ८ गते विशेष कार्यक्रमका विच गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७४ मंसिर १ गते  गैंडाकोटको नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याए सँगै गठित नारायणी विजनेस ग्रुपको होटल द नारायणी दोश्रो ब्यवसायिक प्रतिष्ठान हो । द नारायणी रिसोर्टको उत्साहजनक सफलतासँगै  रिसोर्टकै भगिनी संस्थाका रुपमा होटल द नारायणी जन्मिएको अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए ।

होटलमा ध्वनी प्रदुषणरहित ६ वटा वैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न सुपर डिलक्स कोठाहरुको सुविधा रहेको छ ।

काठमाडौं, सौराहा र पोखरादेखि लुम्विनी आवतजावत गर्ने पर्यटकहरुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक बसन्त पराजुलीले जानकारी दिए ।

सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वत धाम, नारायणी नदीको रमणिय क्षेत्र जस्ता पर्यटकीय गन्तब्यकोबीचमा रहेकाले पनि होटल पर्यटकका लागि पायक पर्ने स्थानमा रहेको उनको भनाइ छ ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच पुग्ने व्यवसायीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment