Comments Add Comment

दामन घटनाबारे छानविन समिति गठन

८ माघ, काठमाडौं । दामनमा एक रिसोर्टभित्र ८ जना भारतीय नागरिक बेहोस भएको र काठमाडौंमा उपचारका क्रममा भएको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन भएको छ ।

समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ । पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

विभागका अनुसार घटनामा पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए-नभएको बारे हेरिनेछ । रिसोर्टले निर्धारित मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा समेत अध्ययन गर्ने तयारी रहेको छ ।

रिसेार्टमा पर्याप्त सुरक्षा प्रवन्ध भएको या नभएको व्यवस्थापकीय कमजोरी भए-नभएको सम्बन्धमा समेत अध्ययन गर्ने भएको छ ।

आगामी दिनमा यस प्रकारका घटना नदोहोरिन के गर्नुपर्छ भन्ने सम्बन्धमा सम्त सुझाव दिने गरी समिति गठन भएको हो । दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । तर, काठमाडौंमा चिकित्सकले मृत घोषणा गरेका थिए । ती पर्यटक भारतको केरेलाबाट पोखरा-काठमाडौं-हेटौडा हुँदै दामन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment