Comments Add Comment

आमिरको आग्रहमा अक्षयले सारे ‘बच्चन पाण्डे’को प्रदर्शन मिति

सन् २०२० को क्रिसमसमा बलिउडमा दुई ठुला चलचित्र रिलिज हुने तयारीमा थिए । नायक आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ र अक्षय कुमार स्टारर चलचित्र ‘बच्चन पाण्डे’ले क्रिसमसलाई रिलिज मिति रोजेका थिए ।

तर, अब भने यी दुई चलचित्रको भिडन्त टरेको छ । अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’ले ‘लाल सिंह चड्डा’लाई उक्त मिति छोड्दै आफू पछाडि हटेको छ । ‘बच्चन पाण्डे’ले सन् २०२१ जनवरी २२ लाई प्रदर्शन मिति तोकेको छ ।

अक्षयले चलचित्रको रिलिज मिति सारेसँगै आमिर खानले अक्षयलाई धन्यवाद दिएका छन् । उनले ट्विटरमा एक पोष्ट ट्विट गर्दै अक्षयलाई धन्यवाद दिएका हुन् । उनले लेखेका छन्–‘कुनै समय एक बचनमा नै आफ्नो कुरा स्विकार गर्नेहरु हुन्छन् । धन्यवाद मेरो साथी अक्षय कुमार र सजिद नाडियाडवाला । तपाइहरुले मेरो चलचित्रको लागि आफ्नो चलचित्रको रिलिज मिति सार्नुभयो । म कामना गर्छु तपाईहरुको चलचित्र राम्रो बनोस् ।’

आमिरको उक्त ट्विटमा अक्षयले रिट्विट गरेका छन् । ‘बच्चन पाण्डे’को लुक्स सहितको तस्विर पोष्ट गर्दै उनले लेखेका छन्–‘सधै हाजिर छु आमिर । यहाँ हामी सबै साथी हौँ ।’ यस कुराबाट अक्षय र आमिरको मित्रता प्रष्ट हुन्छ ।’ यी दुबै चलचित्रलाई प्रतिक्षित रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment