Comments Add Comment

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

फाइल फोटो ।

९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छन् ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाअर्चना गरेका छन् ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई पनि पशुपतिनाथ मन्दिर पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment