Comments Add Comment

‘राधे’ प्रचारको लागि सलमानले लिए अक्षयको साथ

 

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘राधे’ अहिले चर्चामा छ । होलीमा सार्वजनिक हुन लागेको चलचित्रको टिजरलाई पनि दर्शकले प्रतिक्षा गरिरहेका छन् । खबर छ कि, चलचित्रको टिजर साच्चिकै धमकेदार बनेको छ ।

यस चलचित्रको प्रचार प्रसारको लागि सलमानले अक्षय कुमारको साथ लिएका छन् । हो, सलमानले अक्षय कुमार स्टारर चलचित्र ‘सुर्यवंशी’को साहारा लिएका छन् ।

अक्षय कुमारको चलचित्र सुर्यवंशी मार्च २४ तारिखमा रिलिज हुदैँछ । चलचित्र सुर्यवंशीमा सलमान खान स्टारर चलचित्र राधेको टिजर जोडिएको छ । सुर्यवंशी रिलिज हुने सम्पूर्ण हलहरुमा चलचित्र राधेको टिजर बज्नेछ ।

सलमानले सुर्यवंशी निर्देशक रोहित सेट्ठीसँग सहकार्य गरेर नै यस्तो अभ्यास गरेका हुन् । अक्षय कुमारले पनि सलमान खानको चलचित्रको टिजर आफ्नो चलचित्रसँग जोडेर बजाउन लागेको कुरा प्रष्टाएका छन् । सहयोग गर्न पाएकोमा उनले पनि खुसी व्यक्त गरेका छन् ।

राधेमा सलमानसँगै दीशा पटनी, रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ । सुर्यवंशीमा अक्षय कुमारले कट्रिना कैफसँग जोडी बाँधेका छन् भने अजय देवगण र रणवीर सिंहलाई पनि चलचित्रमा देख्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment