Comments Add Comment

‘औषधीको चिन्ता छैन, तर ज्वरो नाप्न काठमाडौं पठाउनुपर्छ !’

पोखरामा कोरोना स‌ंक्रमण पूर्वतयारीबारे छलफल

२५ फागुन, पोखरा । गण्डकी प्रदेशका औषधी व्यवसायीले आयात नै रोकिए पनि ३/४ महिनालाई पुग्ने औषधी आफूहरुसँग रहेको बताएका छन् । तर थर्मोस्केल, पर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पीपीपी), एम्बुलेन्सजस्ता सुरक्षाका साधनको व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा नेपाल औषधी थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले गण्डकी प्रदेशमा औषधी अभावको चिन्ता नलिन आग्रह गरे ।

औषधीको चिन्ता गर्नुभन्दा पहिले सरकारले सुरक्षाका उपकरण र सहज तरिकाले जाँज तथा उपचार गर्ने प्रवन्ध मिलाउनुपर्ने उनको भनाइ छ ।

‘यहाँ ३ सय ९८ वटा औषधीका कम्पनीले मार्केटिङ गर्छन् । सरकारले रेट सिलिङ तोकेका कुनै पनि औषधीको अभाव हुँदैन । एउटा एन्टिबायोटिक सकिए अर्को प्रयोग गर्न सकिन्छ’ औषधी व्यवसायी संघका केन्द्रीय सदस्य टंक अधिकारीले भने, ‘तर, अहिले सरकारले जाँच गर्ने सामान्य प्रविधि पनि प्रयोग गर्न र ल्याउन नसक्दा समान्य ज्वरो आएका विरामीलाई पनि काठमाडौंमा नै पठाउनुपर्ने अवस्था छ ।’

औषधी व्यवसायी कृष्ण पाण्डेले गण्डकी प्रदेशमा कोरोना परीक्षण सुविधा नै नभएकोले स्वास्थ्यकर्मीसमेत खतरामा रहेको बताए । बजारमा पर्याप्त औषधी भए पनि सरकारी तबरबाट कोरोनाविरुद्ध आवश्यक तयारी नपुगेको औषधी व्यवसायी संघ कास्की अध्यक्ष विक्रम पन्तको भनाइ छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पोखराको निजी क्षेत्र कोरना भाइरसविरुद्धका सबैखाले अभियानमा सहकार्य गर्न तयार रहेको बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले रोग भित्रिहालेमा त्यसको नियन्त्रणको लागि आवश्यक तयारी थालिएको बताए । उनले व्यवसायीहरुलाई बिल लिएर मात्रै मास्क खरिद गर्न आग्रह गरे । नेपालमा मास्कको माग बढ्न थालेपछि अनौपचारिक बाटोबाट मास्क भित्रिन थालेको छ

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजीव लालचनले कोरोनाजस्तो भाइरस पहिल्यैदेखि अस्तित्वमा रहे पनि यसलाई सामाजिक सञ्जालले भयावह बनाएको धारणा राखे । उनले कुनै पनि खाले भाइरलको उपचार एण्टिबायोटिकबाट सम्भव नभएको बताउँदै यसबारे सचेतना जगाउन आग्रह गरे ।

उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा प्रमुख गोकुल शर्माले व्यवसायीहरुलाई संकटको बेला उपभोक्ता भएर हेर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment