Comments Add Comment

होलीको अवसरमा प्रदेश २ मा लगातार दुई दिन बिदा

२६ फागुन, जनकपुरधाम । प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । होली पर्वको अवसर पारेर प्रदेश २ सरकारले दुई दिन लगातार बिदा दिएको हो ।

प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई/मधेशमा होली पर्व मनाउन लागिए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २८ गते होली पर्व मनाइँदैछ ।

यसैबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना व्यक्त गरेका छन् । देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिदैं मुख्यमन्त्री राउतले सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् । आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढँगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन उनले बिज्ञप्ती मार्फत् आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment