Comments Add Comment

कोरोना रोकथामका लागि काठमाडौं महानगरले बनायो १० करोडको कोष

६ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो ।

मेयर विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने बताए । महानगरले विभिन्न स्थानमा स्वास्थ्य जनशक्तिसहित हेल्प डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने उनले बताए ।

महानगरले मठ, मन्दिर, मस्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न समेत अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment