Comments Add Comment

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

७ चैत, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ ।

यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले दुई वटा विधेयक पेस गरेका थिए ।
उनले प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ र प्रदेश २ को जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको विषयमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेस गरे ।

यस्तै, बिहीबारको बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पेस गरेको प्रदेश सहकारी विधेयकमा सैद्वान्तिक छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment