Comments Add Comment

मनिष वशिष्ठको छोटो फिल्म ‘बाघ’ सार्वजनिक

फरक सिर्जना गर्न रुचाउने संगीतकार एवम् रचनाकार मनिष वशिष्ठको प्रस्तुतीमा छोटो चलचित्र ‘बाघ’ सार्वजनिक भएको छ ।

मनिष बशिष्ठकै कथा, पटकथा तथा कन्सेप्टमा तयार भएको छोटो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । लक्ष्मि बर्देवाको सहायक निर्देशन रहेको चलचित्रमा जीवन भट्टराई फिचर भएका छन् ।

बुद्ध लामाले खिचेको चलचित्रलाई रुपेश खड्का र ओम पौडेलले सम्पादन गरेका हुन् । ग्राफिक्सको काम ओम पौडेलले गरेका छन् । चलचित्रमा संगीत मनिष वशिष्ठकै रहेको छ ।

लगभग १३ मिनेट लामो चलचित्रमा सन् २०१३ मा नेपालको बर्दियामा रहेको एक ग्रामिण भेगमा एक नरभक्षी बाघले मच्चाएको आतंकसंग सम्बन्धित रहेर ‘बाघ’को निर्माण गरिएको मनिष वशिष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment