Comments Add Comment

विश्वव्यापी कविता प्रतियोगितामा मनोज सर्वोत्कृष्ट

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानले गरेको विश्वव्यापी कविता प्रतियोगिता– २०७६ मा रौतहटका मनोज विश्वकर्मा सर्वोत्कृष्ट भएका छन् ।

५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशीको प्रतियोगितमा विश्वकर्माको कविता ‘हजारौं हातको हस्ताक्षर’ सर्वोत्कृष्ट भएको हो । तीन सय भन्दा बढी प्रतियोगी सहभागी प्रतियोगितका अन्य दश उत्कृष्ट कविताको सूची पनि सार्वजनिक गरिएको छ ।

सुरज पराजुली, राजु झल्लुप्रसाद, प्रज्जवल अधिकारी, सिजन श्रेष्ठ, इन्दु भट्टराई, बुद्धिबल श्रेष्ठ, आत्मराम कोभोगो, असीम सागर र टीएन भट्टका कविता उत्कृष्ट दशमा परे ।

पुरस्कार वितरणको समयमा उत्कृष्ट दश कविताको कवितासहित कुल ५१ कविताको संग्रह प्रकाशन गरिने आयोजक सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण विश्वकर्माले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment