Comments Add Comment

कतारमा भिजिट भिसाको म्याद सकिएकालाई जरिवाना नलाग्ने

९ बैशाख, कतार । भिजिट भिसामा कतार आएर भिसाको म्याद सकिएकालाई जरिवाना नलाग्ने भएको छ ।  भिजिट भिसामा कतार आएर स्वदेश फर्कन नपाएकाहरुले भिसाको म्याद नथपी बस्न पाउने कतारको गृह मन्त्रालयले जनाएको छ । भिसाको म्याद सकिएपनि कुनै जरिवाना नतिरि बस्न पाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो देशको उडानहरू संचालन नभएसम्म कतारमा रहँदा भिजिट भिसामा आएकाहरुलाई कुनैपनि जरिवाना नलाग्ने बताएको हो । बन्द रहेका उडानहरु संचालन भएपछि कुनै रोकतोक विना यो भिसामा आउनेलाई जान दिइने भनिएको छ । कतारमा घुम्न आएका र भिसा अवधि सकिंदा पनि स्वदेश फर्कन नपाएकालाई कानुन अनुसार नै बस्न पाउने कतारले बताएको छ ।

अहिले कोरोना भाइरसको सङक्रमणका कारण विभिन्न देशले उडान रद्द गरेका छन् । प्रवेशमा पनि प्रतिबन्ध लगाएका कारण नेपालीसहित अरु देशका नागरिक पनि आफनो देश फर्कन सक्ने अवस्था छैन ।

स्थानीय तथा आप्रवासीको आगमन र गमनका लागि जारी गरिएको २०१५ को कानुन नम्बर २१ पलना गर्दै भिजिट भिसामा आएर कतारबाट आफ्नो देश फर्कन नपाएकाहरुले उडान खुलेपछि सहज रुपमा आफ्नो देश फर्कन पाउने छन् । त्यसैले यस्तो अवस्था हुने विदेशी नागरिकलाई समय थप गरिदिने र कानुनअनुसार नै बस्न पाइने कतारको सरकारी निकायले जनाएको छ ।

नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि २० मार्च अर्थात चैत्र ७ गते शुक्रबारबाट युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानसहित ५५ देशबाट नेपाल आउन रोक लगाएपछि यहाँ भिजिट भिसामा आएकाहरु फर्कन पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment