Comments Add Comment

सुदर्शन क्रिया कसरी गर्ने ?

सुदर्शन क्रिया एक सहज लयबद्ध शक्तिशाली प्रविधि हो। जो विशिष्ट प्राकृतिक सास लिने प्रक्रियाबाट शरीर, मन र भावनालाई एक लयमा ल्याउँछ । सुदर्शन क्रियाले एक विशिष्ट गहिराइ प्रदान गर्छ । यसले स्वास्थ्य, प्रसन्नता र शान्ति दिन्छ ।

जीवनको उर्जा र प्राणको स्रोत हो, सास । प्राण शरीर वा मन दुवैको स्वास्थ्य र सुखको आधार पनि हो । जब प्राण उच्च हुन्छ, व्यक्तिले स्वस्थ्य र सजग अनुभव गर्छ । सुदर्शन क्रिया ९० प्रतिशत शरीरको विषाक्त पदार्थ र तनाव हटाउन उपयोगी हुन्छ । सुदर्शन क्रियाको अभ्यासले उच्च श्रेणीको प्रतिरोधक शक्ति, सहनशक्ति र निरन्तर उर्जाको अनुभव दिलाउँछ । यसको नियमित अभ्यासले हामीलाई निरोगी बनाउन मद्दत गर्छ।

यो पद्धतिले तनाव, थकान, क्रोध, निराशा जस्ता विकारयुक्त भावबाट मुक्त गर्छ । यसले मनलाई शान्त र एकाग्र राख्नुका साथै उर्जावान शरीरलाई गहिरो विश्राम पनि प्रदान गर्छ ।

हामी पनि प्रकृतिकै एक हिस्सा हौँ । त्यही नाताले हाम्रो प्राण पनि लयबद्ध हुनुपर्छ । शरीर, मन र भावनाको जैविक लय हुनुपर्छ । जब यो लयको क्रम तोडिन्छ, हामीमा रोग, तनाव, दु:ख, असन्तुष्टि महसुस हुन्छ ।

सुदर्शन क्रियाले शरीर र भावनाको लयमा सामञ्जस्य बनाइराख्छ र प्रकृतिको लयका साथ पुन लयबद्ध गर्छ। हामी आनन्द अनुभूत गर्छौँ । मन प्रेममय हुन्छ ।

के हो सुदर्शन क्रिया ?

‘सु’को अर्थ राम्रो वा सही हो । दर्शनको अर्थ साक्षात्कार वा झलक हो । क्रिया एक यस्तो अभ्यास हो जसले शुद्धि प्रदान गर्छ । सुदर्शन क्रिया शुद्धीकरणको एक यस्तो प्रक्रिया हो, जसको अभ्यासले हामी आफ्नो वास्तविक स्वरुपसँग साक्षत्कार गर्छौँ। सुदर्शन क्रिया श्वास लिने एक लयात्मक, शक्तिशाली र स्वास्थ्यबर्द्धक विधि हो ।

कसरी गर्ने ?

सुदर्शन क्रियामा चार चरण हुन्छ । उज्जयी प्राणायाम, भास्क्रिका प्राणायाम, ओमको जप र क्रिया योग । प्राणायाम सुरु गर्नुअघि वज्रासनको स्थितिमा बस्नुपर्छ ।

उज्जयी प्राणायाम

यस प्राणायाममा सास भित्र लिने र बाहिर छाड्ने क्रममा आफ्नो सम्पूर्ण ध्यान सासमा हुनुपर्छ । सास लिने र छाड्ने समय पनि बराबर वा एउटै लयमा हुनुपर्छ । सुरुमा बसेर नाकले सास भित्र लिने, आफ्नो सम्पूर्ण ध्यान त्यसमै लगाउने । यसैगरी सास बाहिर छाड्दा पनि ध्यान दिने । यसरी एक मिनेटमा कम्तीमा तीन, चार पटक सास लिनुपर्छ।

भस्त्रिका प्राणायाम

यो प्राणायाम गर्दा तीव्र रुपमा सास लिने र छाड्ने गर्नुपर्छ । यस क्रिया अन्तर्गत एक मिनेटमा लगभग तीस पटक सास लिनुपर्छ । यसबेला सम्पूर्ण ध्यान सास छाड्ने क्रममा लगाउनुपर्छ । त्यसैले सास लिँदा जति समय लाग्छ, बाहिर निकाल्दा त्योभन्दा दुई गुणा बढी लगाउनुपर्छ ।

ओमको जप

ओमको जप गर्दा तपाईंको अस्तित्व ब्रह्माण्डसँग जोडिन्छ । यो एक पवित्र मन्त्र हो, जो हाम्रा ऋषिमुनिहरूले सदियौंदेखि अभ्यास गर्दै आए । बिहान एकदम उच्च स्वरमा ओमको जप गर्नुपर्छ ।

क्रिया

यो प्रक्रिया अन्तिम चरण हो । यसमा सासको गतिलाई पटक-पटक बदल्नुपर्छ । पहिला सुस्त गतिमा सास लिनुपर्छ त्यसपछि क्रमस त्यो क्रम बढाउँदै अन्त्यमा तीव्र गतिमा सास लिनुपर्छ । सासको यो गति खास एक लयमा हुनुपर्छ । यो क्रिया गरिरहँदा सास भित्र लिने समय बाहिर सास छाड्ने समयभन्दा दुई गुणा बढी हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment