+
+
Shares

कञ्चनपुरमा सडकमै र्‍यापिड परीक्षण

रासस रासस
२०७७ वैशाख ११ गते ९:५७

११ वैशाख, कञ्चनपुर । बाह्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने ८५ जनाको सडकमै र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)  गरिएको छ । जिल्ला प्रवेश गर्ने कृष्णपुर नगरपालिका-६ गजरौलामा रहेको हेल्थ डेस्कमा र्‍यापिड टेष्ट गरिएको हो । सबैको नतिजा नेगेटिभ आएको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना जिल्ला प्रवेश गरेका व्यक्तिलाई रोकी र्‍यापिड टेष्ट विधिबाट जाँच गरेका छौं, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘परीक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको छ ।’

देशका विभिन्न ठाउँबाट फर्केकामा कृष्णपुर नगरपालिकाका सात, शुक्लाफाँटा नगरपालिकाका १२, बेदकोट नगरपालिकाका ११, भीमदत्त नगरपालिकाका २२, बेलौरी नगरपालिकाका २० र लालझाडी गाउँपालिकाका नौ जना छन् ।

जानकारीबिना जिल्ला प्रवेश गरेका २८ जनालाई भीमदत्त नगरपालिकाको बैजनाथ माविको क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको र्‍यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ । भीमदत्तनगरस्थित गौसिया जामेमस्जिदमा रहेका अध्यक्षसहित पाँच जनाको र्‍यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ ।

यसअघि गजरौलामा रहेको हेल्थ डेस्कमा कैलालीबाट कञ्चनपुर प्रवेश गर्ने ८७ पुरुष र २२ महिला गरी १०९ को स्वास्थ्य जाँच तथा विवरण सङ्कलन गरेको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रवेश गर्ने सबैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?