Comments Add Comment

किन हुन्छ मन बेचैन ?

कहिले काहीँ कुनैपनि काम गर्न जाँगर चल्दैन । ज्यान भारी भए झै लाग्छ । बोझिलो अनुभव हुन्छ । काम गर्ने मुड पनि बन्दैन । किन ?

सामान्यतः हाम्रो दिनचर्यामा असन्तुलित भएमा पनि यस्तो अवस्था आउन सक्छ । सुत्ने र उठ्ने तालिका मिलेन, खानपान मिलेन वा कामको बोझ भएमा । यी सामान्य हुन् । तर, सधैजसो यस्तै किसिमको अनुभव भएमा त्यो समस्या हो ।

त्यसले हामीलाई वेचैन बनाउँछ । बोझिलो बनाउँछ । चिन्ताको स्तर बढाइदिन्छ । हरेक दिन हामी कमजोर महसुष गर्न थाल्छौं । हाम्रो दैनिकी नै प्रभावित हुन्छ । गर्नुपर्ने काम पुरा हुँदैन । यसरी महत्वपूर्ण कामहरुलाई पनि पन्छाउँदै जान्छौं । यस्ता कुरालाई नजरअन्दाज नगरौं । किनभने यो शारीरिक तथा मानसिक अस्वस्थताको लक्षण पनि हुनसक्छ ।

तनाव वाहिर देखिदैन, तर यसले भित्रभित्रै मानिसलाई गलाउँछ । तनाव त्यही अवस्था हो, जसले व्यक्तिको शारीरिक र मानसिक स्थितीलाई असन्तुलन गराइदिन्छ । जो व्यक्ति तनावग्रस्त रहन्छन्, उनीहरुको उर्जाको स्तर क्रमस गिरावट आउँछ । तनावबाट बच्नका लागि केही तरिका छ, तपाईले आफ्नो परिस्थितीलाई बदल्नुपर्छ । तपाईले आफ्नो क्षमताभन्दा बढी काम नगर्नुहोस् ।

यदि तपाईको मन कुनैपनि काममा केन्द्रित हुँदैन । यसका साथसाथै अल्छी लाग्छ, थकान लाग्छ भने तपाई चिन्ताग्रस्त अवस्थामा हुनुहुन्छ । यो भनेको डिप्रेसनको सुरुवाती अवस्था पनि हुनसक्छ । यो मानसिक समस्या हो । त्यसैले यसको हल पनि आपैmभित्र खोज्नु राम्रो हो । हाँस्नुहोस्, खेल्नुहोस् । उत्साहित हुनुहोस् ।

एकदमै चिन्ता वा बेचैनीले हाम्रो दिनचर्यालाई नराम्ररी प्रभावित बनाउँछ । यसले शारीरिक र मनोवैज्ञानिक स्तरमा खराब असर पु¥याउँछ । मनोवैज्ञानिकका अनुसार, हाम्रो ९० प्रतिशत डर काल्पनिक हो । त्यसैले भविष्यको चिन्ता छाडौं । बर्तमानमा रमाउन सिकौं ।

हाम्रो शरीरलाई सन्तुलित रुपले काम गर्नका लागि पोषक तत्वको आवश्यक हुन्छ । यसको कमी भएमा उर्जाको स्तर प्रभावित हुन्छ ।

के गर्ने त ?

१. आफ्नो आँखा बन्द गर्नुहोस् र उदेश्य पुरा भइरहेको देख्नुहोस् ।

२. मस्तिष्कलाई सहज रुपले सन्तुलित राख्नको लागि दैनिक रुपले पार्कमा टहल्नुहोस् ।

३. निन्द्रा पुरा गर्नुहोस् । किनभने निन्द्राको अभावले उर्जामा कमी आउन सक्छ ।

४. नियमित रुपले व्यायाम गरौं ।

५. आफ्नो भित्री डरलाई निकाल्नुहोस् । चुनौतीलाई सामना गर्नका लागि स्वंयम्लाई तयार गरौं ।

६. कुनैपनि नराकात्मक धारणाबाट बच्नुहोस् ।

७. आफ्ना प्रतिस्पर्धी अर्कालाई होइन, आफु स्वयम्लाई लिनुहोस् ।

८. बितेको कुरामा पछुतो नगरौं, भविष्यदेखि नडराऔं ।

९. स्वंयम्लाई व्यस्त राख्ने प्रयास गरौं ।

१०. कामलाई थाँती राख्ने प्रवृत्ति त्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment