
गर्भ रहेपछि मानसिक र शारीरिक स्वास्थ्यमा अरू बढी ध्यानदिनुपर्ने चिकित्सकहरू बताउँछन् । यतिबेला शारीरिक अवस्था संवेदनशील हुने भएकाले खानपानदेखि दिनचर्यासम्ममा केही सावधानी अपनाउनुपर्ने हुन्छ । साथसाथै मानसिक रुपले पनि तन्दुरुस्त हुन जरुरी छ । किनभने गर्भावस्थामा गरिने कतिपय गल्ती कमजोरीले गर्भमा हुर्किँदै गरेको बच्चालाई समेत असर गर्छ । अतः सुरुको महिनादेखि ९ महिनासम्म के-कस्ता सावधानी अपनाउने त ?
गर्भावस्थाको प्रारम्भिक लक्षण
-महिनावारी महिना चक्रक्रम रोकिनु
-चक्कर लाग्नु
– वान्ता हुनु
– कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ
– सुरुवाती दिनमा हर्मोनल परिवर्तनका कारण केही शारीरिक समस्याहरू देखापर्छ
के गर्ने ?
– कुनैपनि भार उठाउनमा परहेज गरौं
-व्यायाम पनि त्यति गरौँ, जो चिकित्सकले भनेका छन्
– ताजा र पौष्टिक भोजन सेवन गरौँ, ताकि बच्चालाई पूर्ण रुपमा पोषण मिलोस्
-आफ्नो भोजनमा पत्तेदार सब्जी, दूध र दूधजन्य पदार्थ सामेल गरौ
– भिटामिन–सिले भरपूर पदार्थ लिनुहोस् ।
-दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुहोस् ।
दोस्रो महिना
-सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।
-थकान लाग्ने, चक्कर लाग्ने हुन्छ। धेरै पटक पिसाब लाग्न सक्छ ।
– झर्को लाग्न सक्छ ।
के गर्ने ?
– यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधि सेवन नगर्ने ।
-आफ्नो खानेकुरामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेड, ताजा फल आदि सामेल गर्नुहोस् ।
-यतिबेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।
तेस्रो महिना
– यस अवधिसम्म आइपुग्दा तपाईंको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुँदैन । भ्रुण तीव्र रुपले विकास हुनथाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुन सक्छ । यतिबेला तपाईंको पेट ठूलो देखिन थाल्छ ।
के गर्ने ?
-बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुन सक्छ । त्यसैले गह्रौँ वस्तु उठाउनु हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरामले बस्नुपर्छ ।
-पर्याप्त मात्रामा क्याल्सियमको सेवन गर्ने, हल्का व्यायाम गर्ने ।
चौथो महिना
यतिबेला गर्भको बच्चा चल्न थालेको महसुस हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।
के गर्ने ?
– छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।
-तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने ।
-यतिबेला डेढदेखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौँ ।
पाँचौ महिना
गर्भमा तीव्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुस गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुन सक्छ ।
के गर्ने ?
-आरामदायक ढंगले बस्ने । सन्तुलित भोजन लिने ।
-मुलायम पहिरन लगाउने ।
-मनलाई प्रसन्न राख्ने । मनमा चिन्ता नलिने । कुनै भय नलिने। किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ ।
– बिहान-बेलुकी टहल्ने ।
-अचानक उठ्ने वा बस्ने नगरौँ । कुनैपनि काम गर्दा बिस्तारै गर्ने ।
-भोग लाग्नु स्वभाविक हो, तर, जंक फूडको सेवनबाट बचौँ ।
छैटौं महिना
यतिबेला शरीरको तौल तीव्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ ।
के गर्ने ?
– यसबेला आराम गर्नु निकै महत्वपूर्ण हुन्छ। सही मुद्रामा आराम गर्ने ।
-खुट्टा सुन्निने सम्भावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने ।
-गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने ।
-अधिक मात्रामा पेय पदार्थ लिने ।
सातौं महिना
भ्रुणको विकाससँगै तपाईंको शरीरमा रगतको आवश्यकता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ ।
के गर्ने ?
-आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने ।
-मनमा भय र चिन्ता नलिने ।
-खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने ।
-आराम गर्ने ।
आठौं महिना
गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् ।
के गर्ने ?
– पानी, फल र रसको सेवन गर्ने ।
– मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौँ ।
-नकारात्मक विचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नुहुँदैन ।
-जति सकिन्छ, शान्त भएर बस्ने
नवौं महिना
गर्भावस्थाको यो महिना पूर्ण अवधि मानिन्छ । कुनैपनि समयमा तपाईंमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफूलाई तयार राख्नुपर्छ ।
के गर्ने ?
– प्रशवको समयमा लगाउनका लागि आरामदायक पहिरन तयार गर्ने ।
-नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने ।
-प्रसूतिगृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने ।
केही जानकारी
-नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छ भने चिकित्सकको निगरानीमा बस्नैपर्छ ।
-चुरोट, मदिरा आदिको सेवन नगरौँ, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ । गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौँ, जसले गर्भको बच्चामा नराम्रो असर गर्छ ।
-गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा हरियो सब्जी, सलाद, दाल, दुध, पनिर फल लाभदायक हुन्छ ।
-आफ्नो शरीरलाई चुस्त, सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केही समय टहल्नुपर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुँदैन ।
– गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन, ध्यान, धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो ।
-गर्भधारणका लागि २१ वर्ष उमेर पुगेको राम्रो हो भने ३५ वर्षभन्दा कम उमेरको हुनुपर्छ ।
प्रतिक्रिया 4