Comments Add Comment

सांसद विकास कोषका कारण बेइज्जत भयो, परिमार्जन गरौं : डा भट्टराई

२२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषका कारण सांसदहरूको बेइज्जत भइरहेको भन्दै यो कार्यक्रम परिमार्जन गर्न सुझाव दिएका छन् ।

अर्थ समितिको सोमबारको बैठकमा उनले भने, ‘कि निर्वाचन प्रणाली नै बदलौँ, नत्र अहिलेकै निर्वाचन प्रणालीका कारण यो कार्यक्रम खारेजै गर्नुपर्छ त म भन्दिन, तर परिमार्जन गरौँ ।

उनले अब बजेटमै प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा आयोजना छनोट गरी निर्वाचन क्षेत्रका नाममा बजेट राख्न सुझाव दिए ।

सांसदको नेतृत्वमा सबै सरोकारवालाको समन्वयमा बजेट अगाडि नै कार्यक्रम, आयोजना छनोट गरी ती कार्यक्रमका लागि बजेट राख्ने हो भने विवाद नहुने उनले बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले यो बजेटको मोडालिटी नै परिवर्तन गर्नुपर्ने सुझाव दिए । ‘अहिलेकै ढंगले नगरौँ, सांसदको बेइज्जत हुने अवस्था आयो, यो कार्यक्रमलाई परिमार्जन गरौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment