Comments Add Comment

यी बलिउड चलचित्र जुन पोष्ट प्रोडक्सनमा रोकिए

बलिउड अभिनेता रणवीर सिंह स्टारर चलचित्र ‘८३’ रिलिजको तयारीमा थियो । चलचित्रको पोष्ट प्रोडक्सन पनि अन्तिम चरणमा पुगिसकेको थियो । चलचित्रको डबिङ तथा सम्पादनको काम पनि पूरा भइसकिएको थियो ।

चलचित्रको मिक्सिङ र अन्तिम सम्पादनको काम बाहेक चलचित्र पूर्ण रुपमा तयार भइसकेको थियो । तर, कोरोनाको त्रासका कारण चलचित्र अहिले पूरा हुन सकेन । चलचित्रको अन्तिम काम रोकिएको छ ।

कोरोनाका कारण भारत पूर्ण रुपमा लकडाउन हुदाँ अन्य केही चलचित्रको पनि अन्तिम काम रोकिएको अवस्था छ । केही चलचित्रहरुको पूर्ण छायांकन सकेर पनि पोष्ट प्रोडक्सनमा काम गर्न पाएका छैनन् ।

अक्षय कुमार स्टारर चलचित्र ‘लक्ष्मी बम्ब’को पनि छायांकन पूरा भइसकेको छ । चलचित्रको पहिलो चरणको सम्पादन पनि सकिएको छ ।

चलचित्रको डबिङ, पर्श्व संगीत र भिएफएक्सको काम मात्र बाकीँ थियो । तर, लकडाउनका कारण यस चलचित्र पनि पूरा हुन सकेको छैन ।

यस चलचित्र हलमा रिलिज नहुने भएको छ । यस चलचित्रलाई निर्माण पक्षले डिजिटल प्ल्याटफर्ममा रिलिज गर्ने तयारी गरिरहेका छन् । चलचित्र पूरा भएसँगै यस चलचित्रलाई दर्शकले घरमै बसीबसी हेर्न सक्नेछन् ।

त्यस्तै, बरुण धवन र सारा अलि खान स्टारर चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा आएर रोकिएको छ । चलचित्रको सम्पादन र डबिङ पूरा भइसकेको छ । भिएफएक्स पनि अन्तिम चरणमा पुगिसकेको थियो ।

तर, लकडाउनका कारण काम रोकिँदा मिक्सिङको काम पूरा हुन सकेन ।

उल्लेखित यी चलचित्र यसै वर्ष रिलिजको लागि तयार हुदैँ गरेका चलचित्र हुन् । अब भने यी चलचित्र कहिले रिलिज हुने हुन् भन्ने टुंगो छैन ।

केही चलचित्र छायांकनको क्रममा रोकिएका छन् । केही चलचित्र छायांकनको तयारीमा थिए । तर, लकडाउनका कारण चलचित्रजन्य सबै कामहरु ठप्प हुदाँ बलिउडले ठुलो घाटा बेहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment