+
+
Shares

सपनामा भगवानले भनेको भन्दै कैदीले काटेर चढाए आफ्नै यौनाङ्ग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते ६:३४

कहिलेकाहीँ कतिपय मानिसले यस्ता हर्कत गर्छन् कि त्यस्ता काम अरू सामान्य मानिसले गर्ने त के सोच्न पनि सक्दैनन् । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित ग्वालियरमा रहेको केन्द्रीय जेलमा एउटा यस्तै घटना भएको छ ।

आनन फानन जेलमा रहेका एकजना कैदीले आफ्नो लिङ्ग काटेर जेलभित्रै रहेको मन्दिरमा चढाएका छन् । कैदीले आफ्नो यौनाङ्ग काटेको जानकारी पाएसँगै जेल प्रशासनले तत्कालै उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । अहिले उनको उपचार भइरहेको छ । उनको अवस्थास्थिर रहेको बताइएको छ ।

हत्या तथा डकैतीको कसूरमा जेल सजाय काटिरहेका विष्णु सिंह नामका कैदीले गत मंगलबार आफ्नो लिङ्ग काटेर जेल परिसरभित्र रहेको मन्दिरमा चढाइदिएका थिए। आफूले आफ्नो यौनाङ्ग काटेर भगवानलाई चढाएको सपना देखेका कारण बिपनामा समेत सोही काम गरेको उनले बताएका छन् ।

हरेक दिनजस्तै गत मंगलबार पनि बिहान स्नान गरी उनी जेल परिसरमा रहेको शिव मन्दिरमा पूजाका लागि गएका थिए । शिव मन्दिरमा पूजा गर्ने क्रममै उनले हवन गर्ने चम्चाको सहयोगले आफ्नो लिङ्ग काटिदिए । त्यस लगत्तै उनी बेहोस भए ।

उनलाई तत्कालै उद्धार गरेर अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा उनको होस आयो । होस आएसँगै दिएको बयानमा उनले सोमबार राति आफ्नो सपनामा भगवान शिव आएको र लिङ्ग काटेर शिव मन्दिरमा चढाउन आफूलाई आदेश दिएको बताए ।

कैदीले लिङ्ग छिनालेर जेलभित्रकै मन्दिरमा चढाएको यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?