
५ जेठ, काठमाडौं । बुद्ध एयरले भारतको राजधानी नयाँ दिल्लीमा चार्टर्ड उडान गरेको छ । नेपालमा अड्किएका तीन जना मंगोलियन नागरिकलाई दिल्लीसम्म पुर्याउन कम्पनीले चार्टर्ड उडान गरेको हो ।
मंगोलियन दूतावासको पहलमा बुद्धको जहाज चार्टर्ड गरिएको हो । नयाँ दिल्लीबाट भारतमा र नेपालमा अड्किएका मंगोलियन नागरिक स्वदेश फर्कने भएको छन् ।
बुद्धले कम्पनीले बनाएको सुरक्षाको निर्देशिकाको पूर्णपालना गरी उडान गरिएको जानकारी दिएको छ । नेपालमा व्यवसायिक हवाई उडान बन्द र लकडाउन सुरु भएयता करिब ५ हजार मानिस स्वदेश फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4