Comments Add Comment

वीरगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

९ जेठ, काठमाडौं । वीगरञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष श्यामबाबुप्रसाद चौरसियालाई भ्रष्टाचार मुद्दा लागेको छ ।

बढी मूल्य पर्ने जग्गालाई कम मूल्य देखाएर राजस्व छली गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

जग्गाको मूल्य कम देखाएर उनले १ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको दावी अभियोग पत्रमा उल्लेख छ ।

वडाध्यक्ष चौरसियाले जहराती मिया धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेर राजस्व छली गरेको उजुरीको आधारमा अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

धुनियाले ग्यान्तीदेवीलाई जमिन बिक्री गर्दा जग्गाको न्यूनतम मूल्याङ्कन तेत्तीस लाख हुनुपर्नेमा गलत घरबाटो देखाई पच्चीस लाख तीस हजार बराबरको थैली रकम कम राखेको आरोप पत्रमा उल्लेख छ ।

यसरी थैली रकम कम राखेको कारणबाट जग्गा किनबेच गर्दा उक्त जग्गाबाट प्राप्त हुने रजिष्ट्रेसन दस्तुर र पुँजीगत लाभकर गरी कुल एक लाख सतहत्तर हजार तीनसय पचहत्तर रुपैयाँ वडाध्यक्ष चौरसियाले भ्रष्टाचार गरेको दाबीसहित उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले जमिन बेच्ने धुनियामाथि ८२ हजार ५ सय र खरीद गर्ने व्यक्ति ग्यान्तीदेवीमाथि ९४ हजार ८ सय ७५ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित मुद्दा दायर गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment