Comments Add Comment

भीआईपी जुवाडेलाई प्रशासनले माग्यो ३० हजार धरौटी

२३ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेशनमा पक्राउ परेका ८ जनालाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न प्रशासनले आदेश दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।

पक्राउ परेका मध्ये एक जना अशोक अग्रवाल भने गिनीको अवैतनिक दूत भएकाले थप १० हजार रुपैयाँ धरौटी मागिएको दरबारमार्गका डीएसपी रञ्जन दाहालले अनलाइनखबरलाई बताए । उनका अनुसार धरौटी लिएर ९ जनालाई नै छाड्ने तयारी भइरहेको छ ।

सोमबार साँझ कमलादीस्थित होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेदेखि नै उनीहरुलाई छाड्न प्रहरीलाई दबाव थियो । र, तीन दिनमै अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

पक्राउ परेका मध्ये जोगाइ होटलका सञ्चालक हुन् । अन्य सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानाका व्यक्ति हुन् । प्रहरीले कोरोना भाइरसको कारण देखाउँदै मंगलबारै उनीहरुलाई हाजिरी जमानीमा छाड्न खोजेको थियो । तर, सरकारी वकिलले मानेका थिएनन् ।

यो पनि पढ्नुहोस जुवाडेलाई ५ दिन थुन्न प्रशासनको अनुमति, प्रहरीले मानेन !

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment