+
+
Shares

काठमाडौंका सपिङ मलहरु खुले

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ जेठ ३० गते १२:५७

३० जेठ, काठमाडौं । काठमाडौंका सपिङ मलहरु पनि खुला भएका छन् । सरकारले तत्काल खुलाउने लिस्टमा नराखे पनि व्यवसायीहरु आफैले सपिङ मलहरु खुला गरेका हुन् ।

काठमाडौंका रञ्जना ट्रेड सेन्टर पिपुल्स प्लाजा, विशाल बजार लगायताका मलहरु खुला भएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले २१ जेठमा एकतर्फी निर्णय गरी सबै प्रकारबा पसल व्यवसाय खुलाएको थियो ।

त्यसपछि गत मंगलबार प्रहरीले बल प्रयोग गरेर पसलहरु बन्द गराएको थियो । सबै प्रकारका पसलहरु खुलाउने मन्त्रिपरिषद्ले निर्णय गरे पनि सपिङ मलहरु भने पहिलो चरणमा नखुल्ने सूचीमा राखिएको छ ।

सुपर मार्केट खुलाउन दिएको तर सपिङ मल खुलाउन नदिएको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । उनीहरुले विरोध स्वरुप मलहरु खुला गरेका हुन् ।

तस्वीरहरुः

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?