+
+
Shares

विवेक ओवराय भन्छन्–‘बलिउडले आत्मचिन्तन गर्न जरुरी छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १३:३०

बलिउड नायक सुशान्त सिंह राजपुतको अन्तिम संकारमा सहभागी भएका नायक विवेक ओवरायले बलिउडलाई एउटा सिङ्गो परिवार बनाउनुपर्ने बताएका छन् । विवेकले बलिउड हाम्रो परिवार हो भने पनि त्यो व्यवहारमा लागू हुन नसकेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–‘मलाई आशा छ कि, आफूलाई परिवार बताउने बलिउड नगरीले यो विषयमा आत्मचिन्तन गर्नेछ । हामीलाई परिवर्तनको आवश्यकता छ । हामीलाई घटियापना कम गर्ने र हेरचाह धेरै गर्ने मानिसको आवश्यकता छ । प्रतिभा भएका कलाकारलाई स्वीकार गर्नु आवश्यक छ ।’

उनले बलिउडमा क्षमतावान मानिसहरूलाई प्रोत्साहनभन्दा पनि कुल्चिने प्रथा बढी रहेको सुनाए । अन्तिम संकारमा सहभागी हुँदा आफूले सुशान्तको पिताको अनुहारमा देखेको पीडा बयान गर्न नसकिने खालको रहेको विवेकले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘मैले सुशान्तको अन्तिम संकार गर्दैगर्दा उनको पिताको अनुहारमा जुन भाव देखेँ, त्यो असह्य थियो । जब मैले उनकी बहिनी रुँदै आफ्नो बाबुलाई दाइलाई फर्काइदिन आग्रह गर्दै गरेको दृश्य देखेँ, त्यो बयान गर्न नसकिने खालको थियो ।’

बलिउडले प्रतिभा भएकाहरूलाई कुल्चिने गरेको भन्दै उनले यस विषयमा आत्मचिन्तनको आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?