Comments Add Comment

प्युठानमा थपिए १८ जना कोरोना संक्रमित

३ असार, बुटवल । प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमण पुष्टि भएसँगै उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राखिएको सुवेदीले बताए । प्यूठानका ९ वटा स्थानीय तह मध्ये बुधबारसम्म झिमरुक र मल्लरानी गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छैनन् ।

जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका ५ सय ४० जनाको पीसीआर रिपोर्ट आउन अझै बाँकी रहेको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment